PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुर्गा हत्यामा नयाँ मोड : बाइक चोरीको,नम्बरप्लेट नक्कली



सविन ढकाल

दुर्गा हत्यामा नयाँ मोड : बाइक चोरीको,नम्बरप्लेट नक्कली

काठमाडौँ :नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको दावी गरिएको मोटरसाईकल चोरीको रहेको प्रहरीले दावी गरेको छ।

तिवारीलाई गोली हान्न आएका २ जनाले रातो पल्सर मोटरसाइकल प्रयोग गरेको सूचनाको आधारमा प्रहरीले बा ५१ प ८०७३ नम्वरको रोता १५० सिसिको पल्सर बाईक फेला पारेको थियो ।

सोमवार घटनास्थल भन्दा दक्षिण तर्फ करिव ३ किलोमिटरको दुरीमा पर्ने मणिग्राम कान्छि बजारबाट प्रहरीले बाईकको नम्वर प्लेटको आधारमा मोटरसाइकल धनिको खोजी गर्दा बाइक चोरीको भएको र नम्बरप्लेट नक्कली राखेको खुलेको डिएसपी बेलबहादुर पाण्डेले बताए।

बाइकधनी ओखलढुङगाको भए पनि उनले लिएको नम्वर निलो रंगको छ ।

हत्यामा प्रयोग गर्न चोरी गरेको बाइकमा नक्कली प्राइभेट नम्वर प्लेट प्रयोग भएको प्रहरीले दावी गरे पनि सो मोटरसाइकल कहिले हराएको र कहाँवाट हराएको सो विवरण भने खुलाउन चाहेन।

बाइकमा सवारले हानेको गोली लागेर घाइते भएका तिवारीको सोमबार उपचारकोक्रममा मृत्यु भएको थियो। हत्यामा मनोज पुनको संलग्न भएको भन्दै प्रहरीले पुनको खोजी गरेको सार्वजनिक गरे पनि खोजीमा थप के भइरहेको छ सो खुलाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell