PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काल बन्दैछ उपत्यकाको सडक : १० बर्षमा गयो १५ सयको ज्यान



सविन ढकाल

काल बन्दैछ उपत्यकाको सडक : १० बर्षमा गयो १५ सयको ज्यान

काठमाडौंः मित्रपार्कबाट चावहिलतिर जादै गरेको बा ४ ख ४९२६ नम्वरको ट्रिपरको ठक्करले पैदयात्री कला भट्टराइलाई ठक्कर दियो । मंगलबार विहान भएको घटनामा झापा सतासीधामकी ३३ बर्षीया भट्टराइको घटनास्थलमै मृत्यु भयो ।

विहान १० वजेको दुर्घटनाको विरोधमा केही बेर चावहिल चल्ने यातायात अवरुद्ध भयो । चावहिल क्षेत्रको सडक खुल्न नपाउदै काठमाडौको  सिप्रदी अगाडि सवा ११ बजे ट्रकले मोटरसाइकलाई ठक्करदिंदा मोटरसाइकल चालक २१ वर्षिय नवकुमार दाहालको मृत्यु भयो ।

कलंकीबाट थानकोट जादै गरेको ना ३ ख ३९४२ नम्वरको ट्रकले बा ३४ प ५५५७ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दाहाललाई उपचारका लागी अस्पताल पूर्याए पनि उनको ज्यान जोगिएन।

काठमाडौं उपत्यकामा दुर्घटनाकोक्रम यत्तिमै रोकिएन । काठमाडौको बानेश्वरमा मोटरसाईकल र मिनी ट्रकले ठक्कर दिदा १४ वर्षिय बालक सुमन राइको ज्यान गयो । दुर्घटनमा अन्य दुई जना घाइते भए ।

उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमध्ये मध्ये आधा बढी दुर्घटना काठमाडौमा हुन्छ। दुर्घटनाको संख्या घटाउन ट्राफिक प्रहरीले मापसे नियन्त्रण, लेन मिचेर सवारी चलाउने जरिवाना लगायतका कारवाही प्रकृयालाई तिब्र बनाए पनि अकालमा ज्याउ जोगाउनेको संख्या घटेको छैन ।

१० बर्षमा गयो १५ सयको ज्यान

१० बर्षको अवधिमा उपत्यकामा सवारी दुर्घटनाका कारण १ हजार ४ सय य ८७ जनाले ज्यान गुमाए । हरेक वर्ष उपत्यकामा हुने सवारी दुर्घटनाको संख्या बढ्दोक्रममा देखिन्छ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आर्थिकबर्ष २०६२÷६३ मा उपत्यकामा १ हजार ९ सय  ८९ वटा सवारी दुर्घटना भयो भने ८३ जनाको ज्यान गयो । २०७२÷७३ मा ५ हजार ५ सय ५६ सवारी दुर्घटना भयो । त्यसमा  १ सय ६६ जनाले ज्यान गुमाए ।

१० बर्षको विचमा सवैभन्दा बढी आर्थिक बर्ष २०६७÷८७ सालमा मा दुर्घटनाका कारण ज्यान गयो । सो वर्ष १ सय ७१ जनाले ज्यान गुमाएका थिए। यो बर्ष उपत्यका भित्र ४९ सय ४१ बटा साना ठुला सवारी साधन दुर्घटनामा परेका थिए । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ६४ जनाले दुर्घनाका कारण ज्यान गुमाइसकेका छन् ।

कारण पुरानै

अनेक उपाय अपनाए पनि किन काठमाडौं उपत्यकामा सवारी दुर्घटना घट्न सकेको छैन ? मानविय क्षती किन बढ्दो छ ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकन्द्रबहादुर मल्लले तिव्रगति, मादक पदार्थ सेवन गरी सवारी चलाउन, सवारी चालक र पैदल याुत्रको लापरबाही, सडकको भौगोलिक अवस्थालाई नै कारण देखाउंछन् ।

मल्लले बताएका यी कारण नयां भने हैनन्।
*प्रतिकात्मक तस्विर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell