PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

कसले मार्‍यो गोदावरीमा २४ गाईगोरु? प्रहरी भन्छ- १४ गाई मरणासन्न अवस्थामा छन्



रासस

कसले मार्‍यो गोदावरीमा २४ गाईगोरु? प्रहरी भन्छ- १४ गाई मरणासन्न अवस्थामा छन्

धनगढी : धनगढी-डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा ठूलो सङ्ख्यामा गाईगोरु मरेको अवस्थामा फेला परेका छन्।
 
चुरे पहाडसँग जोडिएको यो सडक खण्डको छेउछाउ र भीरमा यत्रतत्र छरिएर मरेको अवस्थामा ती गाईगोरी फेला परेका हुन्। यी चौपाया कसले किन मारेर फालेको हो भन्नेमा यकिन हुन नसकेको कैलालीका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीले बताए।
 
उक्त क्षेत्रमा १३ वटा गोरु र ११ वटा गाई गरी कुल २४ वटा गाईगोरु मरेको अवस्थामा फेला परेका छन्। १४ वटा गाई मरणासन्न अवस्थामा भेटिएका छन्।
 
मरेका गाई गोरुको मुखबाट फिज निस्केको हुँदा यसबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ठकुरीले बताए। उक्त क्षेत्रको जङ्गलमा सय वटा गाई बेवारिसे अवस्थामा फेला परेको ठकुरीले जानकारी दिए।रासस (फोटो : मोहन श्रेष्ठको ट्वीटर)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell