PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्‍याङ्किङ नेता नेपालमा



पहिलोपोस्ट

चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्‍याङ्किङ नेता नेपालमा

काठमाडौँ : चिनियाँ राजनीतिक नेतृत्वका टप २५ नेतामध्ये एकमा पर्ने चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्‍याङ्किङ नेता यतिबेला नेपाल भ्रमणमा छन्। 

नेपाल भ्रमणका क्रममा आजै काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीको प्रोपोगान्डा (प्रचार) विभागका प्रमुख लिउ छिपाओले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसित भेट गरेका छन्। 

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। उक्त अवसरमा नेपालका लागि चीनका महामहिम राजदूत समेतको उपस्थिति रहेको थियो।

उनले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित राजनीतिक दलका अन्य नेताहरुसित पनि भेट गर्ने कार्यक्रम तय भएको छ। 

छिपाओलाई चीनको नेतृत्वमा उदाउँदो ताराका रुपमा पनि लिइन्छ। 

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरोको स्थायी समितिमा राष्ट्रपति सि जिनपिङसहित सात जना सदस्य छन्। २५ सदस्यीय पोलिटिकल ब्युरोका एक सदस्यमा लिउ पनि छन्। यो हिसाबले चिनियाँ नेतृत्वका टप २५ नेतामध्ये उनी पर्छन्। 

के राष्ट्रपति भ्रमणको तयारी हुँदैछ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ गोवाको ब्रिक्स सम्मेलनपछि नेपाल पनि आउने तयारी चले पनि पछि भ्रमण भने भएन। भ्रमणको मिति नतोकिएकोले भ्रमण रद्द नभएको दावी चीन र नेपालका अधिकारीहरुले गरे। तर तत्कालीन रक्षा मन्त्री भीम रावलको चीन भ्रमणदेखि चिनियाँ सेनाका उपप्रमुख एडमिरल सुन चियान्क्वोको नेपाल भ्रमणसम्मको तयारी राष्ट्रपति सी जिनपिङको भ्रमणकै थियो। 

नयाँ सरकार गठनसँगै सेलाएको दुई देशको उच्चस्तरीय अधिकारीको भ्रमणको सिलसिला टप २५ नेतामा पर्ने लियु चिबावको अर्को साता हुने भ्रमणबाट पुनः सुरु हुँदैछ। के यो राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारी हुनसक्छ? अहिले नै भन्न गाह्रो छ। 

यो बीचमा चीनले नेपालमा २२ कात्तिकमा राजदूत यु होङलाई पठाइसकेको छ भने नेपालका तर्फबाट पनि चीनमा राजदूतका रुपमा लीलामणि पौड्याल गइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell