PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आक्रोशित समूहले राजधानीमा प्रहरी चौकी तोडफोड गर्दै जलाए, दुई राउन्ड हवाई फायर

आक्रोशित समूहले राजधानीमा प्रहरी चौकी तोडफोड गर्दै जलाए, दुई राउन्ड हवाई फायर

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : आक्रोशित समूहले राजधानीकै एउटा प्रहरी चौकीमा आक्रमण गर्दै त्यहाँ रहेका सामान जलाएका छन्। समूहले नयाँ बस्तीमा रहेको महानगरीय प्रहरी वृत्त बाैद्द अन्तर्गतको चाैकीमा साढे ११ बजेतिर ढुंगामुढा गर्दै त्यहाँ रहेका मोटरसाइकलहरु जलाइदिएका हुन्। 

जलाइएका मोटरसाइकल मध्ये चार सरकारी र तीन निजी रहेको प्रहरीले बताएको छ। 

आगजनी गर्ने १३ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत बौद्धका प्रहरी निरिक्षक आयुष जोशीले जानकारी दिए। 

प्रहरीले आक्रोशित समूहलाई नियन्त्रणमा लिन दुई राउन्ड गाेली हवाई फायर गरेको थियो । 

ट्याक्सी चालक राजकुमार लामाको मृत्युपछी उनका अाफ्न्त अाक्राेशमा अाएर प्रहरी चाैकीमा अाक्रमण गरेका हुन् । बौद्धको स्तुप अस्पतालमा लैजाँदै गर्दा शनिवार बेलुका लामाको मृत्यु भएको थियो।

प्रहरीले अत्याधिक मादक पदार्थ सेवन गरेको अवस्थामा लामा भेटिएको र उनलाई उपचारका लागि लैजादा मृत्यु भएको दावी गरेको छ । मृतकको परिवारले भने शं‌कास्पद मृत्यु भएको र १२ घण्टा बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धान नगरेको भन्दै आक्रोशित भएका हुन्। 


 


ट्रेन्डिङ पोस्ट

Ncell