PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एन्फालाई प्रश्न : ए डिभिजन लिग कहिले ?



गोविन्दराज नेपाल

एन्फालाई प्रश्न : ए डिभिजन लिग कहिले ?

काठमाडौं : गत डिसेम्बर ३ मा स्पानिस फुटबल क्लब जायन्ट बार्सिलोना र रियल मड्रिडबीच एल क्लासिको हुनु अघि नेपाली राष्ट्रिय फुटबल टीमबाट खेलिसकेका जगजित श्रेष्ठले फेसुबकमा स्टाटस खेले।

उनले एल क्लासिको खेल हेर्न रमाइलो हुने भन्दै विश्वको सबै देशमा वर्षमा एउटा लिग हुने र नेपालमा मात्र त्यस्ते देश जहाँ लिग नहुने भन्दै अचम्म भएको लेखे।

'हाम्रो मात्र देश छ जहाँ वर्षभरी नै सम्पूर्ण फुटबल खेलाडीहरु बेरोजगार छन्। अनी त्यो भन्दा नि अचम्मको कुरा त आज भन्दा अघि कुनै पनि खेलाडीले यो विषयमा आवाज उठाएन। श्रेष्ठले लेखेका छन्।'
 

यसैले प्रष्ट पार्छ, नेपाली लिगको अवस्था कस्तो छ र खेलाडीहरुको अवस्था के छ भनेर।

राष्ट्रिय टीमबाट खेलिसकेको श्रेष्ट हाल अष्ट्रेलियामा छन्। उनले पनि नेपालमा यो नियती भोगरै अष्ट्रेलिया लागेका हुन् भन्नेमा कुनै शंका छैन।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले नेपालमा वर्षको एक पटक लिग सञ्चालन गर्न त सक्दैन नै। लिग फर्म्याट पनि कस्तो हुने हो भनेर हरेक साल परिक्षण मात्र गरिरहन्छ। कहिले सिंगल लिग, कहिले डबल लिग, कहिले सुपर लिग त कहिले होम एण्ड अवे राष्ट्रिय लिग।

राष्ट्रिय खेलाडीहरु तयार हुने र नयाँ खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने लिगलाई एन्फाले किन यती धेरै प्रयोग वेवास्त गरिरहेको छ।

२०७२ वैशाख १२ मा गएको भुकम्पपछि त नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला पनि बेहाल अवस्थामा छ। कहिलेकाँही भएपनि फुटबल हुने रंगशालामा खेल्न लायक नभएसँगै वषौं नी हुने लिग पनि अनियमित हुन थालेको छ।

करिब दुई दशक भन्दा बढी समय एन्फा र नेपाली फुटबलमा राज गरेका गणेश थापालाई फिफाले दश वर्ष निलम्वन गरेको एक वर्षपछि गत कात्तिकमा पहिलो पटक एन्फाको अध्यक्ष पदमा निर्वाचन भयो। त्यसमा थापाकै नजिकका मानिने नरेन्द्र श्रेष्ठ विजयी भए। आफु अध्यक्ष बनेसँगै अब एन्फा नयाँ ढंगले अगाडी बढ्ने बताएपनि अहिले आएर एन्फाको पुरानै प्रवृती दोहोरिएको छ।

विशेष साधारण सभामार्फत अध्यक्ष चुनिएपछि एक महिना भन्दा बढी समयमपछि एन्फाको कार्यकारी समितीको बैठक शुक्रबार पहिलो पटक बस्यो। त्यसअघि नै एन्फको अर्को लापरवाही छरपस्ट भयो।

एएएफसी कप प्लेअफ क्वालिफायर्स जित्दै एएफसी कप प्लेअफ राउण्डमा छनोट भएको नेपाली क्लब थ्री स्टार एन्फाकै वेवास्ताका कारण उक्त प्रतियोगिता खेल्नबाट बन्चित बनेको छ। स्वभाविक प्रक्रिया अगाढी बढेको भए डिसेम्बर १३ मा हुने ड मा थ्री स्टार क्लबको समेत नाम हुने थियो तर एन्फाल अहिले गल्ती स्वीकार गरेर बसेको छ भने एएफसीमा पत्रचार गरेको र थ्री स्टारको लागि पहल गर्ने बताएको छ।

शुक्रबारै बसेको बैठकले लिग गर्नको लागि कमिटी बनाएको छ। यता सम्भव भएसम्म फागुन १० गतेबाट ए डिभिजन लिग सञ्चालन गर्ने तयारी गरिरहेको एन्फाका सिईओ इन्द्रमान तुलाधरले पहिलोपोस्टलाई बताए।
तुलाधरका अनुसार एन्फाले ए डिभिजन क्लब र एएफसीसँग बसेर सल्लाह गरेपछि लिगको मिति तय गरिनेछ।

नयाँ लिग फर्म्याट कस्तो हुने भन्ने निर्धारण गर्न एन्फाले सिईओ तुलाधर, विकास निर्देशक सन्जिव मिश्र, प्रतियोगिता प्रमुख रत्न कुमरा श्रेष्ठ र चिफ एडमिनिस्टेटर गोकल थापा सम्मिलित ४ सदस्यीय कमिटी बनाएको छ।

अब उक्त कमिटीले कस्तो लिग फर्म्याट तय गर्छ त्यो भने हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell