PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सातौं राष्ट्रिय खेलकुद : खेलतालिका सार्वजनिक, पूर्वाञ्चलको ६ जिल्लामा २८ खेल हुने, २ खेल राजधानीमा



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद : खेलतालिका सार्वजनिक, पूर्वाञ्चलको ६ जिल्लामा २८ खेल हुने, २ खेल राजधानीमा

काठमाडौं : पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा पुस ८ देखि १५ गतेसम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुदको शुक्रबार खेलतालिका सार्वजनिक भएको छ। कुल ३० खेल समावेश रहेको बृहत खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास र फेन्सिङ भने क्रमशः ललितपुर र काठमाडौंमा खेलाइनेछ। 

त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन्। महिला फुटबल भने पुस २ गतेदेखि नै सुनसरीको दुहवी रंगशालमा सुरु हुनेछ। पुरुष फुटबल प्रतियोगिताको उद्घाटनको दिन पुष ७ गतेबाट धरान रंगशालमा सुरु हुनेछ।

नेपाली खेलक्षेत्रकै सबैभन्दा बृहत खेलकुद मानिएको सातौं राष्ट्रियको उद्घाटन विराटनगरमा हुनेछ भने समापन धरान समापन गरिनेछ।


चौथो पटक तोकिएको मितिमा हुन लागेको सातौं राष्ट्रिय खेलकुदको लागि पाँचै विकास क्षेत्रमा क्षेत्रीय छनोट प्रतियोगिता सञ्चलन भइरहेका छन्। क्षेत्रीय प्रतियोगिता सम्पन्न हुनासाथ छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने राखेपले जनाएको छ। 

यस्तै राखेपका सदस्यसचिव विष्टले खेलतालिका सार्बजनिक कार्यक्रममा जारी गरेको विज्ञप्तीम प्रतियोगिताको लागि भौतिक पूर्वाधारको तयारी पनि अन्तिम चरणमा पुगेको र पूर्वाञ्चलमै पहिलो पटक हुन लागेको यो खेल मेलालाई सफल र भब्य बनाउन पूर्वाञ्चलवासी समेत प्रतिबद्ध भएको उल्लेख गरेका छन्।

सातौं राष्ट्रिय खेलकुदलाई विशेष प्राथमिकतामा राखेपनि मधेश आन्दोलन, अघोषित नाकाबन्दीलगायतका प्रतिकुल कारणले मिति पटक पटक सार्नु आफ्नो चाहना नभई बाध्यता भएको समेत विष्टले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell