PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्ताव पारित नभए प्रतिपक्षी दलका सांसदले संयुक्त राजीनामा दिने



पहिलोपोस्ट

राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्ताव पारित नभए प्रतिपक्षी दलका सांसदले संयुक्त राजीनामा दिने

सोल : दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजिनामा दिने भएका छन्।
 
राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दल–मिन्जु पार्टीका संसदिय नेता (फ्लोर लिडर) ऊ साङ्गहोले राष्ट्रपतिविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित नभएमा आफ्ना पार्टीका सबै सांसदहरुलाई राजिनामा दिनका लागि बाध्यात्मक आदेश (ह्विप) जारी भएको जानकारी दिए।
 
साथै, महाअभियोग प्रस्ताव पारित नभएमा सबै बिधायकले पद त्याग्नमा पार्टीका सबैजसो वरिष्ठ नेता सहमत भइसकेको पनि उनले जानकारी दिए।
 
सबै सांसदले पार्टी नेतृत्वसमक्ष एकमूष्ट संयुक्त राजिनामा गर्नुअघि शुक्रबार नै एक सङ्कटकालिन बैठक बस्ने पनि दक्षिण कोरियाली समाचार समिति–योन्हापलाई बताइएको छ।
 
दक्षिण कोरियाली संसदमा ३०० जना बिधायक रहेका छन्। महाअभियोग प्रस्ताव पारित हुन कम्तीमा दुई तिहाइ मतको आवश्यकता पर्छ। सो प्रस्तावउपर आगामी शुक्रबार मतदान हुने कार्यक्रम रहेको छ।
 
त्यसैगरी, महाअभियोग प्रस्ताव पारित नभएमा सबै बिधायकले एकमूष्ट संयुक्त राजिनामा गर्ने सम्बन्धमा राष्ट्रिय सभाको अर्को विपक्षी दल–पिपुल्स पार्टीले पनि हस्ताक्षर सङ्कलन कार्यलाई तीब्रता दिएको छ।
 
संसद्का विपक्षी दल र स्वतन्त्र सांसदहरुले सो महाअभियोग प्रस्ताव गत शनिबार औपचारिकरुपमै दर्ता गराएका थिए।
 
वर्तमान राष्ट्रपति पार्कको दल–साएनुरी पार्टीसँग एकसय अठ्ठाइस जना सांसदहरु छन्। सो महाअभियोग प्रस्तावको भाग्य र भविष्य सत्तारुढ दल – साएनुरी पार्टीका २८ जना सांसदहरुसँग जोडिएको छ।
 
पार्टीले जारी गरेको ह्विप अटेर गरी साएनुरी पार्टीका २८ जना सांसदहरुले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरे भने मात्र दुई तिहाई मत पुगी सो प्रस्ताव पारित हुन्छ अन्यथा सो प्रस्ताव बीचैमा तुहिने जनाइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell