PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

काँग्रेस नेता चन्द्र भण्डारी भन्छन् : संविधान संशोधन प्रस्ताव लैनचौरबाट



पहिलोपोस्ट

काँग्रेस नेता चन्द्र भण्डारी भन्छन् : संविधान संशोधन प्रस्ताव लैनचौरबाट

काठमाडौं : नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफ्नै दलको प्रस्तावमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालस्थित भारतीय दुवातासबाट आएको दावी गरेका छन् ।

बुधबार रिर्पोटर्स क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘लैनचौरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने’ बताएका हुन्।

‘इलाम कहाँ रहने भन्ने कुराको फैसला त्यहाँका जनताले गर्ने हो नि, अरुले गर्ने?,’ उनले प्रश्न गरे,‘लैनचौरले गर्ने हो र?’

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र मैले ल्याएको भन्ने पार्टी नै अहिले त्यसलाई कार्यान्वयन गर्नबाट भागिरहेको दावी गर्दै उनले सिमाङ्कनको विवाद समाधान गर्ने नाममा आएको संशोधन प्रस्ताव जनहित विपरित रहेको दावी समेत गरे।

‘विवाद नै नभएको प्रदेशमा किन विभाजन ल्याउन खोजिँदैछ,’ उनले प्रश्न गरे, ‘तराई र पहाडका जनता मिलेर बस्छु भनिरहेका छन्, त्यहाँको जनताको अभिमत लिनुपर्दैन?’

आफ्नै पार्टी संशोधन विधेयकको पक्षमा भए पनि आफू देश र जनताको हित हेरेर प्रदेश नम्बर ५ टुक्राउने प्रस्तावको विरुद्धमा उत्रिएको र उत्रिइरहने उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell