PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आज पनि संसदमा हंगामा, संसद अवरुद्ध गर्न राप्रपा समेत किन तम्सियो?



पहिलोपोस्ट

आज पनि संसदमा हंगामा, संसद अवरुद्ध गर्न राप्रपा समेत किन तम्सियो?

काठमाडौं : संविधान संशोधन विधेयक संसदमा पेश भएपछि संसद अवरुद्ध गराउँदै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिन नेपा पार्टी पनि थपिएको छ।
 
आज बैठक सुरु हुनासाथ नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले राप्रपाको पार्टी एकीकरणमा बाह्य शक्तिको हात छ भनेर धारणा राखिन्। त्यसपछि राप्रपाका सांसद सुशीलकुमार श्रेष्ठ उठेर सभामुखसामु नियमापत्ति जनाए। उनको भनाइ सभामुखले सुनेको नसुनै गरिन् र संसदलाई अघि बढाउन खोजिन्।
 
राप्रपा अध्यक्ष कमल थापासहित सो पार्टीका सबै सांसद उठे र संसद चल्न दिएनन्। सभामुखले सांसद मगरको रेकर्ड संशोधन गर्ने वचन दिएपछि मात्रै उनीहरु बसेका थिए।
 
प्रतिपक्षी एमाले सहित राप्रपा र अन्य दलको अवरोधपछि आज पनि संसद बैठक स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell