PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'बहुला कुकुर' को कारण संसदमा मच्चियो हङ्गामा



'बहुला कुकुर' को कारण संसदमा मच्चियो हङ्गामा

काठमाडौँ : संसदको शुक्रबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसि‌ह कार्कीमाथि महाभियोग लगाउने विषयमा छलफल गर्ने कार्यसूची रहे पनि बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाए। 

सभामुख ओनसरी घर्तीले नेकपा माले सांसद सिपी मैनालीलाई बोल्न समय दिइन्। उनले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकको विरोध गरे।  

आफ्नो अभिव्यक्ति राख्ने क्रममा उनले प्रधानमन्त्रीलाई इङ्गित गर्दै 'बहुला कुकुरले टोकेको' भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिवाद गरे। संसदमा बोल्दा मर्यादित शब्द बोल्नुपर्नेमा बहुला कुकुर जस्तो शब्द प्रयोग गरिएको भन्दै उनले नियमापत्ति जनाएपछि मैनालीले 'मैले बहुला कुकुरलाई नै बहुला कुकुर भनेको हुँ। बहुला कुकुरले टोकेपछि जो पनि बहुलाउँछ, मलाई टोक्यो भने म पनि बहुलाउँछु' भन्ने जवाफ फर्काए।

 त्यसपछि केही समय बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच होहल्ला मच्चियो। सभामुखले हस्तक्षेप गर्दै 'बहुला कुकुर' शब्द संसदको रेकर्डबाट हटाउन आदेश दिइन्। 

बैठकमा उनले जुन क्षेत्र टुक्राइएको हो त्यहाँका जनताको माग पनि नरहेको भन्दै प्रधानमन्त्रीले बहुला कुकुरले टोकेको हो कि के हो भनेर प्रश्न सोधेका थिए।

खतिवडाले आजको संसदको कार्यसूचीमा संविधान संशोधन विधेयकबारे छलफल नै नरहेको भन्दै महाभियोगबारे छलफल गर्ने कार्यसूची रहेको सम्झाउँदै आफैले ल्याएको महाभियोग बारे छलफल गर्नबाट किन पछि हटेको भनी प्रश्न समेत राखे। 

सभामुख घर्तीले पनि संविधान सं‌शोधनको विधेयकबारे छलफल गर्ने कार्यसूची आज संसदमा नरहेको, महाभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीमा सहयोग गर्नुस् भन्दै बारम्बार बस्न आग्रह गरे पनि विपक्षीहरुले त्यसलाई मानेनन्। सांसदहरुले त्यसलाई नमानेपछि सभामुखले मंसिर १९ गते आइतबार दिनको १ बजेसम्म बैठक स्थगित भएको घोषणा गरिन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको विरोध गर्दै अर्को निर्णय नभएसम्म संसद बैठक अवरुद्ध गर्ने निर्णय अनुसार हिजोदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ।  
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell