PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

आइओएमका डिन सिंहद्वारा राजीनामा



पहिलोपोस्ट

काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन केशवप्रसाद सिंहले शुक्रबार राजीनामा दिएका छन्।
 
कात्तिक २८ गते उनी डिनमा नियुक्त भएका थिए। उनीसहित त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै डा गोविन्द केसी आमरण अनसनमै छन्। वरिष्ठता मिचेर नियुक्त गरिएकोमा केसी असन्तुष्ट छन्।

केसीसँग वार्ता गर्न बनेको सरकारी टोली र केसी पक्षधरबीच पटकपटक वार्ता गरे पनि निष्कर्ष निस्कन सकेको थिएन। त्रिवि उपकुलपति तीर्थराज खनियाँ र डिन सिंहलाई राजीनामा गराउने विषयमा वार्ता केन्द्रित थियो। यही दबाबका बीच सि‌ंहले आज राजीनामा दिएका हुन्।

केसी दसौं चरणको आज १९औं दिनको अनसनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell