PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नौ फोटोमा हेर्नुस् संशोधनको झोक सरकारी गाडीमाथि कसरी पोखियो

नौ फोटोमा हेर्नुस् संशोधनको झोक सरकारी गाडीमाथि कसरी पोखियो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : आफ्नो पार्टीको असहमतिका बावजुद संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको झोँक नेकपा एमालेका कार्यकर्ताले आज राजधानीमा एउटा सरकारी गाडीमाथि तोडफोड गरेर पोखेका छन्। 

नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्स अगाडिको सडकमा गुडिरहेको बा १ झ ८११३ नम्बरको गाडीमाथि उग्र प्रदर्शनकारीहरुले एक्कासी आक्रमण गरेका थिए। आक्रमणले गाडीका शिशाहरु फुटेका छन्। 
 
पार्टीको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले आज विरोध प्रदर्शनको आह्वान गरेको थियो। यो अगाडि नै जानकारी दिइएको पूर्व निर्धारित कार्यक्रम भने थिएन।
  
५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने काम देश विखण्डनको रणनीति भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति असहमति जनाएको छ। उसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell