PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली गीतमा अस्ट्रेलियाली कलाकारको अभिनय, 'बादल सँगै'को म्युजिक भिडियो सार्वजनिक



नेपाली गीतमा अस्ट्रेलियाली कलाकारको अभिनय, 'बादल सँगै'को म्युजिक भिडियो  सार्वजनिक

अस्ट्रेलियाली र नेपाली कलाकारहरुको अभिनय रहेको म्युजिक भिडियो 'बादल सँगै' सिड्नीमा भएको नेपाल महोत्सवका क्रममा सार्वजनिक भएको छ।  

निष्प्रभ सजीको शब्द रचना, हेमन्त रानाको संगीत र सन्जीव पराजुलीको स्वरमा तयार पारिएको गीतलाई महोत्वसमा ठूलो पर्दामा देखाइएको थियो। सबिन ज्ञवालीले निर्देशन गरेको म्युजिक भिडियोलाई युट्युबमा पनि सार्वजनिक गरिएको छ। 

रेड सिनेमा क्यामेरामा रेड सिने लेन्स प्रयोग गरेर छायाङ्ककन गरिएको भिडियोलाई अल्ट्रा एचडी फोरके प्रविधिमा यूट्युबमा हेर्न सकिने निर्माण पक्षले जनाएको छ।


भिडियोमा अजय राजव‌ंशी, कैटरीना पापासोलुइस, टोम्मी हेज र सारा कार्टरको अभिनय रहेको छ। निर्माण टोलीमा छायाँकार माथ्यु अर्ली, मेकअप आर्टिस्ट कारा बरिल्ला, प्रोडक्सन मेनेजर डैन्यल स्टीर्टन लगायतले सहकार्य गरेका छन्।

विगत ४ वर्षदेखि अस्ट्रेलियाको चलचित्र क्षेत्रमा निर्देशक र निर्माताको जिम्मेवारी सम्हालेका सबिन ज्ञवालीले यस म्यूजिक भिडियो निर्देशन गरेका हुन। २४ वर्षीय ज्ञवाली न्यूयोर्क फिल्म एकेडेमी, सिडनी क्याम्पस, फक्स स्टूडिओमा विगत २ वर्ष देखी सहायक- शिक्षकको पदमा कार्यरत छन। निर्देशक सविन ज्ञवाली र कलाकार अजय राजव‌ंशी बाहेक सम्पूर्ण कलाकार र निर्माण टोली अस्ट्रेलियन नागरिक रहेका छन। 

'उडान' एल्बममा अस्ट्रेलिया बस्दै आएका गायक गायिकाहरु ईश्वर पोख्रेल 'अविरल', समिर आचार्य, सन्जिव पराजुली, नरेन कुलुङ्ग, सुजाता उपाध्याय र मोक्षदा सिलवालको आवाज रहेको छ भने रचनाकारद्वय निष्प्रभ सजी र प्रदीप चापागाईंका शब्दहरु रहेका छन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell