PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​सरकारले गठन गर्‍यो संघीय सीमाङ्कन आयोग, के गर्नेछ यसले?



मनोज सत्याल

​सरकारले गठन गर्‍यो संघीय सीमाङ्कन आयोग, के गर्नेछ यसले?

काठमाडौँ : सरकारले संघीय सीमाङ्कन आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले संविधान संशोधनको विधेयकसँगै आयोग गठनको निर्णय लिएको हो। बैठकपछि भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकले आयोग गठनको निर्णय भएको जानकारी दिए। 

त्यस्तै आयोगको कार्यादेशसमेत मन्त्रिपरिषद्ले टुङ्गो लगाएको छ। लेखकका अनुसार आयोगका ३ कार्यादेश तोकिएका छन्- 
१) सीमाङ्कन सम्बन्धि सबै विषय अध्ययन गरी सुझाव साथ प्रतिवेदन पेश गर्ने। 
२) आयोगले अध्ययन गर्दा सरोकारवालासँग विगतका सम्झौताका आधारमा समेत छलफल गर्ने।
३) राज्य पुर्नसंरचनाबारे यसअघिका प्रतिवदेनहरुका अध्ययन गर्ने

आयोगले विगतमा सरकारले विभिन्न पक्षसँग गरेका सीमाङ्कनसँग सम्बन्धित सम्झौताहरुको समेत अध्ययन गरेर सुझाव दिने उनले बताए। 
'प्रदेशभित्र बसोबास  गरेका विभिन्न पक्षसँग विगतमा सम्झौता भएका छन्। ती सम्झौताहरुलाई आधार बनाएर सरोकारवालासँग छलफल गर्ने कार्यदेश तोकिएको हो', उनले भने। 

उनले सरकारले छिट्टै आयोगमा पदाधिकारी तोक्ने समेत जानकारी दिए। संविधानको संक्रमणकालीन भागको धारा २९५ मा आयोग गठन सम्बन्धी व्यवस्था रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell