PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओप्पो ‘ए३७’ को मूल्य घट्यो, साढे २० हजारमा अत्याधुनिक मोबाइल पाइने



पहिलोपोस्ट

ओप्पो ‘ए३७’ को मूल्य घट्यो, साढे २० हजारमा अत्याधुनिक मोबाइल पाइने

काठमाडौं : सेल्फी खिच्न विश्वमै चर्चित ओप्पोको मोडल ‘ए३७’ मोबाइलको मूल्य घटेको छ। यो मोबाइलको मूल्य २ हजार २ सय रुपैयाँ घटेर २० हजार ४ सय ९० रुपैयाँ कायम भएको हो।
 
५ मेगापिक्सेल क्षमताको फ्रन्ट फेसिङ क्यामेरा सहितको यो फोनमा अटो फोकस सुविधा सहितको ८ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा  छ। फोनमा कम्पनीले २ जिबी र्‍याम र १६ जिबी रोम छ।
 
अतिरिक्त सञ्चय क्षमताको आवश्यता परेमा प्रयोगकर्ताले फोनमा एसडी कार्डको माध्यमबाट १ सय २८ जीबी सम्म सञ्चय क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ।
 
एन्ड्रोइडमा आधारित कलर ओएस ३.० सहितको फोनमा कम्पनीले २ हजार ६ सय ३० एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले जनायो। मेटालिक युनिबडी सहित आकर्षक डिजाइनमा उपलब्ध यो फोन युवा पुस्ता माझ लोकप्रिय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell