PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

बाबा रामदेवका अगाडि झुके पूर्व प्रधानमन्त्री झलनाथ



बाबा रामदेवका अगाडि झुके पूर्व प्रधानमन्त्री झलनाथ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का वरिष्ठ नेता र पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूसित आशीर्वाद लिँदै गरेको भन्दै भारतीय बाबा रामदेवले आफ्नो फेसबुक पेजमा दुई वटा फोटो अपलोड गरेका छन्। 

हाल नेपाल भ्रमणमा रहेका रामदेवको फेसबुक पेजमा शनिबार दिउँसो अपलोड गरिएका दुई फोटोमा खनाल पूरै सेतो पहिरनमा देखिन्छन्। एउटा फोटोमा उनी नमस्ते मुद्रामा झुकिरहेको र रामदेवले माला लगाइदिएको देखिएको छ भने अर्को फोटोमा हात मिलाउँदै गरेको देखिएको छ। 

रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण आजै सप्तरीको छिन्नमस्ता मन्दिरमा पनि पुगेका थिए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell