PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मलेसियामा मृत्यु भएका तामाङको शवलाई प्रधानमन्त्रीको पहलमा नेपाल ल्याइयो



पहिलोपोस्ट

मलेसियामा मृत्यु भएका तामाङको शवलाई प्रधानमन्त्रीको पहलमा नेपाल ल्याइयो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा मलेसियामा मृत्यु भएका पुनर्वास नगरपालिका चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव नेपाल ल्याइएको छ।
 
वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि मलेसिया पुगेका तामाङ मंसिर २ गते मृत्यु भएको थियो। मृतकका परिवारले शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेपछि प्रधानमन्त्रीले चासो राखेका थिए।
 
मृतकका आफन्तको अनुरोधपछि नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको पहलमा तामाङको शवलाई आज काठमाडौं ल्याइएको छ। यसका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूताबाससँग समन्वय गरेको थियो।
 
आज नै तामाङको शव गृह जिल्ला कञ्चनपुर पठाइएको माओवादी नेतृ बिना मगरले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell