PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

​सामाजिक सञ्जाल प्रयोगकर्ताको हैसियतमा प्रधानमन्त्रीले उठाए प्रश्न



पहिलोपोस्ट

​सामाजिक सञ्जाल प्रयोगकर्ताको हैसियतमा प्रधानमन्त्रीले उठाए प्रश्न

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सय दिनको काम कारवाही सार्वजनिक गर्ने क्रममा सामाजिक सञ्जाल प्रयोगकर्ताको हैसियत माथि समेत प्रश्न उठाए।

प्रधानमन्त्री कार्यलय सिंहदरबारबाट प्रचण्डले सामाजिक सञ्जाजाल प्रयोगकर्ताले गलत विषयलाइ समेत भाइरल बनाउने गरेको प्रति कडा टिप्पणी गरे। उनले पत्रकारहरुले आलोचना गर्नु ठिक भएपनि हैसियत नभएकाहरुले टिप्पणी गर्दा कतिपय विषय भाइरल बनेको बताए।

के भने त प्रधानमन्त्रीले?

तपाँइ पत्रकारहरुले एउटा हैसियत बनाउनु भएको छ। राष्ट्रप्रति जनताप्रति सबैप्रति जिम्मेवारी पूर्वक जानुहुन्छ। तपाईका आफ्ना धाराणा हुन्छन्। आलोचना हुन्छन्। तपाईलाई समाउन पनि सकिन्छ। तपाईसँग छलफल गर्नपनि सकिन्छ।

तर अहिले यो फेसबुक र सोसियल मिडिया यस्तो भयो कि असाध्यै गैरजिम्मेवार मान्छे, कुनै हैसियत नभएको कुनै जिम्मेवारी नभएकोलेपनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुने यो खतरा पैदा भएको छ।

यसलाई के गरी व्यवस्थित पार्ने यो रियल जर्नालिस्टको लागि बढी चासोको विषय हो भन्ने लागेको छ मलाई। तपाई पत्रकारहरुले अली बढी नै ध्यान दिनुपर्‌यो।

तपाईहरुले उठाएको टिप्पणी भन्दा संसारको कुनै एउटा कुनामा बसेको मान्छेले गर्ने गैर जिम्मेवारपूर्ण टिप्पणी भाइरल भएर जाने र मान्छे त्यसैको पछि कुद्ने खतरा भयो भने हामीले सामाजिक व्यवस्थापन चाँही कसरी गरौंला?

यसमा चाँही तपाई पत्रकारहरुले अझ गम्भिर रुपले विचार गरेर सुझाव दिनुपर्छ सरकारलाई भन्ने मेरो आग्रह छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell