PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

यो सिसिटिभी भिडियोले पत्ता लाग्यो एटिएम फ्रडको डरलाग्दो धन्दा



यो सिसिटिभी भिडियोले पत्ता लाग्यो एटिएम फ्रडको डरलाग्दो धन्दा

काठमाडौँ : सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीन जना विदेशी पुरुषलाई पक्राउ गरी सार्वजनिक गर्‍यो-  ५२ वर्षीय रोमानियाका नागरिक गीता हुजुम, ४८ वर्षीय लोसिफ मोरारु र ४५ वर्षीय एलेक्स क्रिस्टियान।

उनीहरु अर्काको एटिएम कार्डको विवरण झुक्याएर चोरी गरी त्यसबाट रकम निकाल्दै ठगी गर्न विदेशबाट टुरिस्ट भिसामा नेपाल आउँथे। 

उनीहरुलाई पक्रने आधार बनेको थियो यो सिसिटिभीको दृश्य। काठमाडौँका दुई वटा एटिएम बुथमा सिसिटिभीले क्याप्चर गरेका दृश्य यसमा छन्। यसमा एक विदेशीले पर्सबाट धमाधम एकपछि अर्को गर्दै एटिएम कार्ड पसाउँदै रकम निकालेको देखिन्छ। 

 

कसरी पासो थापेर उनीहरुले रकम निकाल्थे? विस्तृत जानकारी-
एटिएम कार्ड चलाउनु हुन्छ? सावधान, यसरी पत्तै नपाई अपराधीले थापेको पासोमा परी रकम गुमाउनु होला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell