PahiloPost

May 15, 2024 | २ जेठ २०८१

एटिएममार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह बढे, कसरी सुरक्षित रहने? हेर्नुस् १४ टिप्स



पहिलोपोस्ट

एटिएममार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह बढे, कसरी सुरक्षित रहने? हेर्नुस् १४ टिप्स

काठमाडौं : अत्याधुनिक उपकरणको सहायताको सहयोगबाट एटिएम प्रयोग गरी ठगी गर्ने गिरोह नेपामा सक्रिय भएका छन्। प्रहरीले हालै मात्र तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ। विशेषगरी पूर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरु अत्याधुनिक उपकरणहरु साथैमा लिई पर्यटक भिसामा नेपाल आई यस्तो कार्यमा लाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
 
एटिएम कार्डबाट कसरी सुरक्षित रहने त? प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्ड प्रयोग गर्दा अपनाउनुपर्ने केही टिप्स दिएको छ।

  • एटिएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वाभाविक उपकरणहरु वा 'Genuine Parts' बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै 'Card Insert गरी 'PIN Entry' गर्ने कुनै एटिएम बुथमा अस्वाभाविक उपकरण जडान भए नभएको यकिन गर्न एक-अर्को एटिएम बुथसँग तुलना पनि गर्न सकिन्छ
  • एटिएम बुथ भित्र विशेषगरी 'Key pad' नजिक प्वाल पारिएको जस्तो  देखिएमा सो प्वालभित्र 'Pinhole camera' जडान गरिएको हुन सक्दछ
  • कार्डको 'magnetic stripe' मा रहेको 'Data' लाई 'copy' गर्न 'Genuine Card slot' बाहेक अन्य 'Card slot' पनि जडान गरिएको हुन सक्दछ। एकभन्दा बढी 'card slot' देखिएमा सो एटिएम बुथबाट कारोबार नगर्ने
  • तपाईंले एटिएम बुथबाट कारोबार गर्ने क्रममा सही 'PIN Entry' गर्नुभएको छ र तपाईंको खातामा पर्याप्त 'Balance' पनि छ तर पनि 'Machine' बाट रकम निस्कँदैन भने तपाईंले नक्कली 'Card slot'मा आफ्नो कार्ड प्रवेश गराउनुभएको हुन सक्दछ। यदि तपाईंले आफ्नो 'card' नक्कली 'Card slot' मा प्रवेश गराएको थाहा पाउनुभयो भने तत्काल अर्को एटिएम बुथमा गई 'PIN' परिवर्तन गर्ने
  • 'Key pad' अस्वभाविक जस्तो लागेमा तथा 'machine' मा राम्रोसँग फिट नभएको जस्तो लागेमा सोबाट 'PIN Entry' नगर्ने
  • एटिएम बुथभित्र उल्लेखित अस्वाभाविक उकरणहरु जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्ने
  • 'PIN Entry' गर्ने क्रममा कोही कसैले देखे-नदेखेको यकिन गरेर मात्र कार्ड 'insert' गरी 'PIN entry' गर्ने
  • हातले छोपेर सुरक्षित तवरले 'PIN Entry' गर्ने
  • बैंकबाट 'SMS Alert' सुविधा लिने
  • आफूले गर्दै नगरेको कारोबारका बारेमा 'Mobile' मा 'SMS Alert' तथा खाता विवरणबाट देखिएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्ने
  • समय- समयमा 'PIN' परिवर्तन गरिरहने
  • आफ्नो एटिएम कार्ड सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने तथा 'PIN' कसैलाई 'Share' नगर्ने
  • बैंकले एटिएम बुथभित्र तथा बाहिरको गतिविधि सूक्ष्म रुपमा 'CCTV' मार्फत निगरानी गर्नुपर्ने र अस्वाभाविक तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्ने
  • 'Magnetic Stripe' कार्डभन्दा तुलनात्मक रुपमा सुरक्षित 'EMV Chip Card' हरु नेपालका बैंकहरुले यथाशीघ्र प्रचलनमा ल्याउनुपर्ने। 
यो पनि पढ्नुस् : एटिएम कार्ड चलाउनु हुन्छ? सावधान, यसरी पत्तै नपाई अपराधीले थापेको पासोमा परी रकम गुमाउनु होला 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell