PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि खुल्यो स्विस बैँकमा नेपाली खाता



बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि खुल्यो स्विस बैँकमा नेपाली खाता
फोटो : alarabiya.net

एउटै खातामा साढे चार करोड डलर, १२ ग्राहकका ३६ बैँक खाता

काठमाडौँ : नेपालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि र लोकतान्त्रिक आन्दोलन हुनुअघिको अवधिमा स्विस बैँकमा नेपालीहरुले खाता खोलेको तथ्य बाहिर आएको छ। स्विस बैँकमा कर छल्नका लागि विश्वका धनी व्यक्तिहरुले रकम जम्मा गर्ने गर्छन्।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले ‘स्विस लिक्स’ शीर्षकमा सार्वजनिक गरेको विश्वको सबैभन्दा ठूला बैँकहरुमध्ये एक एचएसबिसीको स्विट्जरल्यान्ड शाखाको खाता विवरणमा नेपालसम्बन्धी रोचक तथ्य खुलेको छ।

आइसिआइजेको तथ्याङ्क अनुसार आठ ग्राहकले खोलेका ३६ वटा बैँक खाताहरुको तार नेपालसँग जोडिएको छ। यी खाता विक्रम संवत् २०५० सालदेखि २०६२ सम्मको अवधिमा खुलेका छन्।

सबै खातामा रहेको कूल रकम पाँच करोड ४० लाख डलर छ। त्यसमध्ये एउटै खातामा साढे चार करोड डलर जम्मा भएको छ। बाँकी ९० लाख डलर सात ग्राहकसँग सम्बन्धित छन्।

कसरी चोरियो विवरण ?

विश्वका धनीमानीहरुको निन्द्रा हराउने गरी संसारकै सुरक्षित र गोप्य भनिएको स्विस बैँकका खाता विवरण कसरी सार्वजनिक हुन सक्यो त ?
सात वर्षअघि बैँक कम्प्युटर एक्सपर्ट हर्भे फाल्सियानीलाई स्विस प्रहरीले विवरण चोरेको शंकामा नियन्त्रणमा लिएर घण्टौँसम्म सोधपूछ गरेको थियो। उनका कम्प्युटरहरु खोतलखातल पारिएका थिए। भोलिपल्ट हाजिर हुने शर्तमा छाड्ने बित्तिकै आफ्नी पत्नी र छोरीलाई लिएर उनी सिधै फ्रान्स पुगे र रिमोट सर्भरहरुमा राखिएका एचएसबिसीका तथ्याङ्कहरु डाउनलोड गर्न थाले।

यसैमा कर छल्न विश्वका धनी व्यक्तिहरुले लुकाउने गरेका रकम जम्मा गरिएका खाताका विवरण, उनीहरुको नाम र बैँकले उनीहरुसँग गरेको कुराकानीसमेत संग्रहित छ। अहिले सार्वजनिक भएको विवरण त्यसैमध्येको एक हो।

भारतको इन्डियन एक्सप्रेसले भारतीय नागरिकहरुको नामसहितका विवरण सार्वजनिक गरे पनि नेपालीको विस्तृत विवरण खुलेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell