PahiloPost

Nov 9, 2025 | २४ कात्तिक २०८२

'एनसेललाई विदेश पैसा लैजान सिफारिस गरेका छैनौँ' : राष्ट्र बैँकको दावी प्राधिकरणले गर्‍यो खण्डन



'एनसेललाई विदेश पैसा लैजान सिफारिस गरेका छैनौँ' : राष्ट्र बैँकको दावी प्राधिकरणले गर्‍यो खण्डन

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल लाभांशका सम्बन्धमा आफ्नो कुनै भूमिका नरहेको बताएको छ। प्राधिकरणले राष्ट्र बैङ्कलाई लाभांश भुक्तानी दिन मिल्ने भनेर कुनै सिफारिस नगरेको जनाएको हो।
 
प्रधिकरणले विज्ञप्ति जारी गर्दै मुनाफाको लाभांश देश बाहिर लैजानका लागि आफ्नो कुनै हात नरहने प्रष्ट्याएको छ। एनसेलको मुनाफाको लाभांश भुक्तानी उद्योग विभाग र राष्ट्र बैङ्कको मात्र कार्यक्षेत्रभित्र पर्ने र यस विषयमा पटक पटक केन्द्रीय बैंकलाई अवगत समेत गराएको प्राधिकरणको दावी छ।


प्राधिकरणको विज्ञप्ति

आफुले दूरसञ्चार सेवा प्रदायकले अनुमतिपत्रमा तोकिए बमोजिम सेवा सञ्चालन गरे नगरेको र कानून बमोजिम बुझाउनु पर्ने अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर, रोयल्टी, फ्रिक्वेन्सी दस्तुर बुझाए/नबुझाएको बिषयको मात्र नियमन गर्ने प्राधिकरणले उल्लेख छ।
 
गत असार २७ मा पनि राष्ट्र बैंकलाई यहि विषय मात्र जानकारी गराएर पत्र लेखेको र  लाभांश भुक्तानीबारे कुनै सिफारिस नगरेको प्राधिकरणको दावी छ। सोमबार राष्ट्र बैंकले पत्रकार सम्मेलन प्राधिकरणले उक्त मितिको पत्र मार्फत एनसेललाई लाभांश भुक्तानीका लागि कुनै बाधा नरहेको आशय सहित सिफारिस गरेको दावी गरेको थियो। दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले बाटो खुला गरेपछि आफुले प्रकृया पुर्याएर लाभांश लैजान दिएको प्राधिकरणको राष्ट्र बैंकले उल्लेख गरेको थियो।

 प्राधिकरणले हालै एनसेलले २५ अर्ब रुपैयाँ भन्दा बढी लाभकर तिर्न बाँकी रहेको कारण फोरजी सेवा अनुमति दिन अस्वीकार गरेको थियो। तर, लाभकर वक्यौताको विषय राष्ट्र बैंकलाई जानकारी गराए/नगराएको बारे भने विज्ञप्ति मौन छ।


प्राधिकरणको रिफारिस बारे सोमबार राष्ट्र बैंकले गरेको दावी (हाइलाइट्स)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell