PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​संसदमा गगनले सोधे: कोसँग हारेर हामीले लोकमान नियुक्त गरेको?, भिडियोमा हेर्नुस् उनको विचार



​संसदमा गगनले सोधे: कोसँग हारेर हामीले लोकमान नियुक्त गरेको?, भिडियोमा हेर्नुस् उनको विचार

काठमाडौँ : स्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद् गगन थापाले लोकमानविरुद्धको महाभियोग प्रस्ताव पारित गर्नुपर्ने भन्दै केही गम्भीर प्रश्न उठाएका छन्।

संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले ती प्रश्न अघि सारेका हुन्।

लोकमानलाई महाभियोग लगाउने विषयको छलफलमा भाग लिँदै गर्दा लोकमान नियुक्तिको समयको स्मरण गरे। 'हिजो लोकमानसिंह कार्कीलाई नियुक्ति गर्नै लाग्दा हामी हाम्रा सभापति सुशील कोइरालाकोमा डेलिगेसन गएका थियौँ। हामीले नियुक्ति गर्नु हुँदैन लोकमानलाई भन्दा उहाँले पनि नियुक्ति गर्न हुँदैन, नियुक्ति हुँदैन भन्नुभएको थियो,' थापाले भने, 'तर पछि नियुक्ति भएपछि फेरि सोध्दा हामीले रोक्न सकेनौँ। हामी हार्‍यौँ भन्नुभयो।' उनले सभापतिले कोसँग हार्नुपरेको भन्नेबारे स्पस्ट नपारेको बताए।
 
'हामी कहिलेसम्म यसरी हारिरहने?' थापाले भने, 'हामी जहिलेसम्म कोसँग हार्‍यौँ भनेर छाति खोलेर भन्न सक्दैनौँ, हामीले जतिवटा संविधान बनाए पनि त्यसकै वरिपरि घुमिरहन्छौ।'

उनले त्यतिबेला लोकमानलाई ल्याउने प्रक्रिया जस्तै अहिले हटाउने प्रक्रिया पनि हतारमा आएको बताए।
 
'हो यो महाभियोगको प्रस्ताव जसरी दर्ता भयो त्यो स्वभाविक छैन,  सत्यको पक्षमा उभिदै गर्दा आफूसँग सरकारमा बसेका दलको भूमिका कस्तो रह्यो भनेर समिक्षा गर्नु अस्वभाविक होइन' थापाले भने, 'महाअभियोगको प्रस्ताव यसरी किन दर्ता भयो, कुनै षडयन्त्र त छैन भन्ने प्रश्नहरु छन् म त्यता तिर जानु हुँदैन। म यो महाअभियोगमा समर्थन गर्न चाहन्छु।' 

उनले कसले प्रस्ताव ल्यायो भनेर उत्साहित हुने वा हामी ढिला भयौँ भनेर लघुताभाष पाल्ने विषय नभएको बताए।  'यो कसैले प्रस्ताव ल्याए भनेर उत्साहित हुने वा हामी ढिला भयौ भनेर लघुताभाष पाल्ने विषय हैन राष्ट्रिय आवश्यकता हो' थापाले भने। 

उनले महाअभियोग प्रस्ताव ल्याउनेहरुले हतार गर्दा महाभियोगका पर्याप्त आधारहरुको तयारी नगरेको बताए। 'साथीहरुले हतार हतारमा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। त्यसमा धेरै महत्वपूर्ण अभियोगहरु छुटाउनुभएको छ' थापाले भने, 'यस्ता मात्र हैन धेरै अभियोगहरु उनका विरुद्धमा छन्।' 

थापाले महाअभियोग प्रस्तावले राजनीतिक सहमति र दलीय सहकार्य विग्रने तर्क सुनेको भन्दै अहिले कौनसा सहकार्य छ भन्दै प्रश्न गरे। 'यो प्रस्तावका कारण राजनीतिक सहमति विग्रन्छ भनिदैछ, अहिले कौन्सा सहकार्य भएको छ?' उनले भने,  'हिजो राम्रोसँग बोल्न समेत वातावरण विग्रेका समयमा भूकम्प, आयो सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्यायो. यो त्यतिकै ठुलो घट्ना हो भन्ने म ठान्दिन। तर भन्न सकिन्न कि यही घट्नाले दलहरुलाई एकठाउँमा ल्याउन पनि सक्छ।'

उनले अख्तियार आवस्यक भएका कारण दलहरुकै क्रियाशिलतामा बनेको भन्दै अधिनायक हुनेलाई इच्छा पूरा गर्ने ठाउँ अख्तियार हुन नसक्ने बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell