PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

कांग्रेसले गर्‍यो निर्णय : लोकमान र एमाले-माओवादी झगडिया भए, कांग्रेस न्यायाधीश बन्ने



रमेश वाग्ले

कांग्रेसले गर्‍यो निर्णय : लोकमान र एमाले-माओवादी झगडिया भए, कांग्रेस न्यायाधीश बन्ने

काठमाडौँ : नेपाली कांग्रेसले लोकमानलाई महाभियोग लगाउने विषयमा एमाले-माओवादी र लोकमानसिंह कार्की झगडिया जस्तो भएको भन्दै कांग्रेसले संसद्‍मा न्यायाधीशको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

लोकमानका विषयमा सत्तारुढ र प्रतिपक्षी दलले छापामार शैलीमा महाअभियोग प्रस्ताव ल्याएको र त्यसको जस्टिफिकेसन उनीहरुबाट नआएको भन्दै अख्तियार प्रमुख र एमाले माओवादी झगडिया जस्तो देखिएको उसको ठम्याइ छ।
 
'लोकमानलाई ल्याउन पनि कांग्रेसलाई गुम्राहमै राखेर एकै पटक समर्थन गर्न बाध्य पारिएको थियो' कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भनिन्, 'अहिले उनलाई हटाउँदा पनि अत्यन्त अपारदर्शी ढंगले प्रस्ताव आएको छ। त्यसैले कांग्रेसले साक्षी नबस्ने, बरु न्यायाधीशको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।'

उनले ल्याउनेहरु नै हटाउनका लागि लाग्नु र नेपाली कांग्रेससँग छलफल समेत नगर्नु संयोग मात्र नभएको बताइन्।
 
'एमाले- माओवादी र लोकमान सिंह कार्की एक आपसमा झगडिया जस्ता देखिएका छन्,' उनले भनिन्, 'उनीहरुले हामीसँग सल्लाह नै नगरी लगेको प्रस्तावमा हामी एक पक्षको साक्षी बस्दैनौँ, न्यायाधीशको भूमिका हामी निर्वाह गर्छौ।'


महाभियोगको प्रक्रियामा सहयोग गर्ने

कांग्रेस केन्द्रीय समिति बैठकले महाभियोगको प्रक्रिया अघि बढाउन सहयोग गर्ने निर्णय गरेको छ। गत बिहीबारदेखि जारी केन्द्रीय समिति बैठको समापन गर्दै महाभियोगको प्रक्रियामा सहयोग गरे पनि महाअभियोग सिफारिस समितिको छानबिन अघि कुनै धारणा नबनाउने निर्णय गरेको हो। 

'हामी महाभियोगको प्रक्रियामा संसदमा सहयोगी भूमिका निर्वाह गर्छौ तर अहिले नै एउटा पक्षमा उभिने निर्णय गर्दैनौ' न्यौपानेले भनिन्, 'किनभने यो महाभियोगको प्रक्रिया हो। संसद्ले न्यायाधिसको भूमिका निर्वाह गर्नुपर्छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell