PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​आइफोन सेभेन पड्किएको दावी, एप्पलले थाल्यो अनुसन्धान



​आइफोन सेभेन पड्किएको दावी, एप्पलले थाल्यो अनुसन्धान

ग्यालेक्सी नोट सेभेनको ब्याट्री पड्किएर सामसुङ अप्ठेरोमा परिरहेकै बेला एप्पलको नयाँ फोन आइफोन सेभेन पनि पड्किएको खबर आएपछि एप्पलले अनुसन्धान सुरु गरेको बताएको छ। 

म्याट जोन्स नामका एक अस्ट्रेलियालीले कारमा छोडेको आइफोन सेभेन पडकिएर कारलाई क्षति पुगेको दावी गरेका थिए। 

उनको यो दावीलाई अस्ट्रेलियाको च्यानल सेभेनले फोटोसहित प्रसारण गरेको थियो। उनले आइफोन गोजीमा रहेको प्यान्ट जलेको पनि फोटो खिचेका छन्। 

एक हप्तामात्र अघि किनेको आइफोन आफूले कतै नखसालेको र अर्कै चार्जरमा पनि नजोडेको दावी गरेका छन्। 

एप्पलको प्रतिस्पर्धी सामसुङले ग्यालेक्सी नोट सेभेनमा ब्याट्री तातिएर पड्किने यस्तै समस्या आएपछि अनुसन्धान सुरु गरेको थियो। सुरुमा उसले रिप्लेसमेन्ट गरे पनि त्यसमा पनि समस्या देखिएपछि नोट सेभेनको उत्पादन र बिक्री वितरणै बन्द गरेको थियो। अहिलेसम्म उसले कारण पत्ता लगाउन सकेको छैन।  

  • सम्बन्धित समाचार
विश्वका अधिकांश विमान कम्पनीले आफ्नो उडानमा नोट सेभेन बोक्न प्रतिबन्ध लगाएको छ। 

एप्पलका प्रवक्ताले आइफोन सेभेन पड्किएको खबरबारे अनुसन्धान थालेको प्रतिक्रिया दिएको छ। ‘हामी म्याट जोन्ससँग सम्पर्कमा छौँ र यसबारे छानबिन गर्दैछौँ’ एप्पल प्रवक्ताले फर्च्युनलाई बताए। सबै फोटो साभार : सेभेन न्युज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell