PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

निवासमै पुगेर विद्यार्थी नेताहरुले घेरे देउवालाई, दिए महाभियोग लगाउनु पर्ने ६ कारण



निवासमै पुगेर विद्यार्थी नेताहरुले घेरे देउवालाई, दिए महाभियोग लगाउनु पर्ने ६ कारण

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै बूढानिलकण्ठस्थित निवासमा पुगेर विभिन्न पार्टीका १० विद्यार्थी संगठनका नेताहरुले लोकमानलाई महाभियोग लगाउन ध्यानाकर्षण पत्र बुझाएका छन्। 

ध्यानाकर्षण पत्रमा लोकमानलाई महाभियोग लगाउनु पर्ने निम्न कारण उल्लेख छन्-

  • लोकमानले शृङ्खलावद्ध रुपमा संविधान, कानुन र विधिको धज्जी उडाएको, 
  • भ्रष्टाचारको महारथीको रुपमा चिनिन थालेको
  • आफ्नो पदीय दायित्व, कर्तव्य र जिम्मेवारीबाट च्युत भई राज्यका हरेक निकायमा आतंक मच्चाउन उद्दत रहेको
  • राजनीतिक प्रतिशोधका आधारमा अधिकारको दुरुपयोग गरेको
  • संविधान र कानुनको पूरै अवज्ञा गरी विधिको शासनको हुर्मत लिएको
  • विद्यमान राजनीतिक प्रणालीलाई नै असफल बनाई प्रतिगमनको आधारभूमि निर्माण गर्न प्रेरित देखिएको 
कांग्रेस, एमाले, माओवादी, मधेसीसहित विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुका अध्यक्षले पत्र देउवालाई बुझाएका हुन्। 


जवाफमा देउवाले महाभियोगबारे 'आफ्नो कुनै व्यक्तिगत धारणा नरहेको' बताए। उनले पार्टीले महाभियोगका विषयमा निर्णय लिने समेत बताए।

'पार्टी र दलको धारणा कुर्नुस्, मेरो कुनै व्यक्तिगत धारणा छैन', देउवाले भने। उनले महाभियोगबारेको जनमत हेरिरहेको समेत उल्लेख गरे।

उनले कार्कीलाई महाभियोग लगाउने विषयमा कुनै राजनीतिक छलफल नभएको समेत समेत जिकिर गरे। उनले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग समेत महाभियोगबारे कुराकानी नभएको बताए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell