PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लोकमानविरुद्ध महाभियोगको पक्षमा कांग्रेस, सत्ता गठबन्धनमा भने शंका



रमेश वाग्ले

लोकमानविरुद्ध महाभियोगको पक्षमा कांग्रेस, सत्ता गठबन्धनमा भने शंका

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले लोकमान सिंह कार्कीविरुद्ध महाभियोग सर्वसम्मतमै ल्याउन सकिने बताएका छन्। तर, कांग्रेससँग छलफल नै नगरी प्रस्ताव दर्ता गरेकाले संशय प्रकट भएको उनले बताए। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसहितको छलफलमा प्रधानमन्त्रीले महाभियोग ल्याउने विषय इन्कार गरेको सुनाए। उनले भने, ‘इन्कार गरेको केही समयमै प्रस्ताव दर्ता भयो। यसले शंका जन्माएको छ।’

आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफूसँग कुनै छलफल नै नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव अघि बढेको ब्रिफ गरेका थिए। आज बसेको केन्द्रीय समिति बैठकको एजेन्डा नभए पनि लोकमान सिंह कार्की प्रकरणले अन्य एजेन्डा ओझेलमा पारेको थियो।

महाभियोग प्रस्ताव ल्याउन आफूसँग कुनै छलफल नगरेको बताउँदै त्यसले संशय पैदा गरेको बताए। उनको भनाइलाई साथ दिँदै निधिले सत्ता साझेदार दलसँग नै सल्लाह नगरी प्रस्ताव दर्ता भएको बताए।

नेपाली कांग्रेसका नेताहरुले लोकमान सिंह कार्कीविरुद्धको महाभियोगको पक्षमा उभिनुपर्ने तर्क अघि सारेका थिए। कुनै ठोस निर्णय नगरे पनि लोकमान विरुद्धको महाभियोगको पक्षमा उभिने तर सत्ता गठबन्धनमा प्रस्टता हुनुपर्ने पक्षमा मत देखिएको बैठकपछि नेता दीलेन्द्र बडूले ब्रिफ गरे।
बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell