PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इपिएल क्रिकेट : वर्षाका कारण खेल रद्द, विशाल वारियर्स र कान्तिपुर गोर्खाजलाई १/१ अंक



पहिलोपोस्ट

इपिएल क्रिकेट : वर्षाका कारण खेल रद्द, विशाल वारियर्स र कान्तिपुर गोर्खाजलाई १/१ अंक

काठमाडौं : प्रतियोगिताअघि नै प्रतिक्षित बनेको वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेट अन्तर्गत विशाल वारियर्स र कान्तिपुर गोर्खाजबीचको उद्घाटन खेल वर्षको कारण रद्द भएको छ।
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा १२:३० मा खेल हुने भनिए पनि निरन्तरको वर्षाको कारण खेल हुन नसकेपछि दुवै टीमले १/१ अंक बाँडेका छन्।
 
वारियर्सका कप्तान पारस खड्काले यो १ अंक लुजिङ प्वाइन्ट मानेका छन् भने गोर्खाजका कप्तान वसन्त रेग्मीले आफूहरु खेल जितेरै स्पष्ट अंक जोड्न चाहेको तर वर्षाले साथ नदिएको प्रतिक्रिया दिए। दुवै कप्तानले खेल हुनुपूर्व मैदानमा अवस्था राम्रो भएको र आफूहरु उत्साहित बनेको बताए। तर वर्षा बाधक बनेपछि उक्त उत्साह खेलमा परिणत हुन सकेन।
 
खेलअघिको दीपक बज्राचार्यको सांगीतिक प्रस्तुति पनि वर्षाका कारण हुन सकेन।६ वटा कर्पोरेट हाउसको ६ फ्रेन्चाइज टीम रहेको प्रतियोगिताको औपचारिक उद्घाटन भने वर्षा भइरहेकै बेला नेपालका सरकारका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरे। उनले वाइवाइ इपिएलको झण्डोत्तोलन गर्दै प्रतियोगिता सुरु भएको घोषणा गरेका हुन्।
 
इपिएलमा वारियर्स र गोखाजसँगै तेज पञ्चकन्या, कलर्स एक्स फ्याक्टर, सगरमाथा लेजेण्ड्स र जगदम्बा राइनोको सहभागिता रहेको छ। हरेक टीमले हरेकसँग १/१ खेल खेल्नेछन्। कुल १५ खेलपछि लिगको शीर्ष दुई स्थानमा रहने टीमबीच असोज १७ गते फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell