PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रेडियो धादिङमा डोजर चल्यो, महिला सुरक्षा भवन पनि भत्काइयो



पहिलोपोस्ट

रेडियो धादिङमा डोजर चल्यो, महिला सुरक्षा भवन पनि भत्काइयो

धादिङ : नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन जिल्ला वन कार्यालयले भत्काएको छ।
 
गत साउन ३० गते दिउँसो उक्त भवन भत्काउन खोज्दा स्थानीयवासीले विरोध गरेका थिए। आज बिहान ४ बजे नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सशस्त्र बल रक्षकको सहयोगमा डोजर लगाएर दुवै भवन भत्काइएको हो।
 
रातिको समयमा डोजर लगाएर भवन भत्काउँदा रेडियो धादिङ र महिला सुरक्षा भवनको कुनै सामान झिक्न पाएनन, रेडियो धादिङको सञ्चालन ग्रामीण सञ्चार सहकारी संस्थाले गर्दै आएको छ।
 
यसैबीच नेकपा एमालेले रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा सुरक्षाकर्मीबाट आक्रमण भएकोमा आपत्ति जनाएको छ।
 
स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैर जिम्मेवारी र स्थानीय प्रशासनको पूर्वाग्रह झल्किएको तथा यसले कानुनी राज्यको समेत खिल्ली उडाइएको एमालेले जनाएको छ। फोटो : imandarmedia.com (रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell