PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

माओवादीबाट छुट्टिएको समूहको नाममा विद्यालयमा आतंक, दुई जना पक्राउ



माओवादीबाट छुट्टिएको समूहको नाममा विद्यालयमा आतंक, दुई जना पक्राउ

काठमाडौं : माओवादीबाट छुट्टिएको एउटा समूहले मंगलबार बिहानै राजधानीका विभिन्न विद्यालयमा शंकास्पद वस्तु राखेर आतंक मच्चाएको छ। डल्लुस्थित कञ्चनजंगा इन्टिग्रेटेड स्कुलमा पनि बिहानै बम भएको हल्लासँगै डल्लुमा आतंक फैलिएको थियो।
 
बिहान ६ः१५ बजे बम भएको सूचना स्थानीय प्रहरीले पाएको स्वयम्भू वृत्तका प्रहरी सहायक निरीक्षक केके श्रेष्ठले बताए। घटनस्थलमा दुई लिटरको नयाँ प्रेसर कुकरमा ब्याट्री बाहिरबाट जोडेर सेफ्टी भल्भमार्फत तारभित्र छिराएको अवस्थामा राखिएको थियो। सेनाको टोलीले त्यसलाई निस्क्रिय बनाएको थियो।

सुरक्षाकर्मीका अनुसार विस्फोट हुने किसिमको बम नभएको र तर्साउन मात्रै राखिएको देखिएको छ। 


त्यसैगरी ललितपुरको रेडियन्ट रिडर्स एकेडेमी, जोरपाटीको राई स्कुल, मनकामना उच्च मावि दक्षिणढोका, माउन्ट युराल, इस्टपोलमा पनि शंकास्पद वस्तु भेटिएका छन्। मनकामना उच्च मावि र बौद्धको आकाशदीप बोर्डिङ स्कुलमा राखिएका विस्फोटक पदार्थ बिहान सबेरै विस्फोट भएको थियो। विस्फोटबाट मानवीय क्षति भएको छैन। 

​विद्यालयमा बम राख्ने दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख विक्रमसिंह थापाले पहिलोपोस्टलाई बताए।  सिंहका अनुसार बौद्धमा बम राख्ने दुई जना मुख्य योजनाकारलाई पक्राउ गरिएको हो। 

बम राखिएको स्थानमा पर्चा समेत भेटिएको छ। माओवादी कम्युनिस्ट केन्द्र नेपाल र यसका भ्रातृ संगठनहरु अखिल क्रान्तिकारी राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपालको नाममा सम्पूर्ण निजी तथा आवासीय विद्यालयलाई चेतावनी दिइएको छ।

शान्ति प्रक्रिया आएदेखि नै छुट्टिएर एक जना जनमुक्ति सेनाका लडाकुसहित उक्त समूह बनेको हो। 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell