PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

कोसी नदीमा डुंगा पल्टिँदा डुबेका ३६ जनाको उद्धार, ९ जना अझै बेपत्ता



पहिलोपोस्ट

काठमाडौं : सुनसरीको कोसी नदीमा डुंगा पल्टिँदा हराएका ४५ यात्रुमध्ये ३६ जनाको उद्धार गरिएको छ।
 
कोसीटप्पुको पश्चिममा पर्ने श्रीलंका टापुबाट प्रकाशपुर राजावास आउँदै गरेको डुंगा पल्टिएको हो। घटनापछि प्रहरीले ३६ जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पोषराज पोखरेलले पहिलोपोस्टलाई बताए। उनका अनुसार बाँकी ९ जनाको खोजीकार्य जारी रहेको छ।
 
शनिबार लाग्ने हाट बजार जानका लागि क्षमताभन्दा बढी यात्रु डुंगामा चढेको बताइएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायतको उद्धार टोलीले बेपत्ताको खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell