PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको समाचारपछि परराष्ट्रको विज्ञप्ति- समाचार गलत



चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको समाचारपछि परराष्ट्रको विज्ञप्ति- समाचार गलत

काठमाडौँ : चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण स्थगित भएको समाचार व्यापक भएपछि परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति निकाल्दै खण्डन गरेको छ। 

'उच्चस्तरीय भ्रमण स्थगित भएको जानकारी चिनियाँ राजदूतले दिनुभएको भनी प्रकाशित समाचार सत्य नभएको व्यहोरा स्पष्ट पारिएको छ,' परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस सम्बन्धमा नेपाल सरकारले आवश्यक तयारी नगरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा पनि प्रष्ट पारिन्छ। 
 

बुधबार अन्नपूर्ण पोस्टले पर्याप्त तयारी अभाव, वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर र केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव तीन कारण देखाउँदै चीनले भ्रमण स्थगित भएको समाचार प्रकाशित गरेको थियो। 

समाचारमा 'चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ' भन्दै एक उच्च सरकारी अधिकारीलाई उद्धृत गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell