PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राजीनामा गरी जनताको बीचमा आउन प्रचण्डलाई विप्लवको निम्तो



राजीनामा गरी जनताको बीचमा आउन प्रचण्डलाई विप्लवको निम्तो

काठमाडौँ : मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग्गिएको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनताको पक्षमा संघर्ष गरेकै हो भने संसद्वादको भ्रममा नपरी राजीनामा गरी जनताको बीचमा आउन आह्वान गरेका छन्।
 
माघ ११ गते नेपाली कांग्रेस र नेकपा एमालेले चालेको कदम प्रति आफ्नो धारणा राख्दै उनले हालको संविधान सभालाई प्रतिक्रियावादी भन्दै त्यसमा सम्भावनाको खोजी गर्ने बहाना गर्नु एमाओवादी लगायत कतिपय ‌संसदवादी वामपन्थी शक्तिका लागि मृगमरिचिकाबाहेक केही नहुने उल्लेख गरेका छन्।
 
हो जस्तो देखिने तर वास्तवमा नहुने अवस्थालाई मृगमरिचिका भनिन्छ। मरुभूमिमा टाढाबाट हेर्दा पानी देखिनु तर अगाडि गएर हेर्दा पानीको नामोनिसाना नभई खाली बालुवामात्र देखिनुलाई मृगमरिचिकाको उदाहरणका रुपमा लिन सकिन्छ।
 
शान्ति प्रक्रियामा प्रवेश गरेपछि संसदवादीहरुले सम्झौताका आधारभूत कुराहरु एकपछि अर्को गरी हनन् गर्दै आएको आरोप लगाउँदै विप्लवले माघ ११ को कदमले विगतको शान्ति सम्झौताको पूर्ण उल्लङ्घन गर्दै सहमति. सहकार्य र सत्ता साझेदारीको सम्पूर्ण सम्भावनाको निषेध गरिएको बताएका छन्।
 
यसले विगतमा भएका सम्पूर्ण सहमति तथा शान्ति प्रक्रियाको नै अन्त्य गर्न तिर लागेको उनको विश्लेषण छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell