PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

ओलीलाई राष्ट्रपति यादवले भने: फरक मत राख्नेलाई समेट



ओलीलाई राष्ट्रपति यादवले भने: फरक मत राख्नेलाई समेट
फाइल फोटो


काठमाडौँ : राष्ट्रपति डा रामवरण यादवले संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई सकेसम्म समेटेर संविधान निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्।
 
राष्ट्रपति डा यादवलाई भेट्न आज शीतलनिवास पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति डा यादवले संविधान निर्माण प्रक्रियामा एमाओवादीलगायतका विपक्षी दलहरुलाई सँगै लिएर जान आग्रह गरेका हुन्।
 
'राष्ट्रपतिसमक्ष अध्यक्ष ओलीले समसामयिक परिस्थितिबारे जानकारी गराउनुभयो। जवाफमा राष्ट्रपतिले संविधान निर्माणको दिशामा अघि बढ्नुस्, संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई समेटेर लैजाने प्रयास गर्नुस् भन्नुभयो,'– भेटमा सहभागी एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भनिन्।
 
भेटमा एमाले अध्यक्ष ओलीले एमाओवादीको संविधान निर्माणप्रति नियतमा शङ्का रहेको बताउँदै एमाओवादीलगायतका दललाई सहमतिमा ल्याउने प्रयास गरिने बताएका थिए।
 
राष्ट्रपतिलाई भेट्न अध्यक्ष ओलीसहित उपाध्यक्ष भण्डारी र महासचिव ईश्वर पोखरेल शीतलनिवास पुगेका थिए। - रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell