PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमाले कस्तो ? ओली भन्छन् : सर्प, हात्ती, गड्यौला जस्तो होइन बाघ जस्तो



एमाले कस्तो ? ओली भन्छन् : सर्प, हात्ती, गड्यौला जस्तो होइन बाघ जस्तो

प्रक्रिया सुरु भएपछि ओलीले सुनाएका पाँच किस्सा

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ : बहुमतीय प्रक्रियामा संविधान निर्माणको कार्य अघि बढाउने अघिल्लो हप्ताको सोमबारदेखिको प्रयास आइतबार सफल भएपछि संविधान सभा भवनमै भएको एमाले संसदीय दलको बैठकमा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सुनाएका पाँच किस्सा :

१) सर्प जस्तो

हामी यो संविधासनभाबाट संविधान बनाएरै छाड्छौँ, कुनै मायवी जालले बिममा लड्किएर (सर्प जस्तो) एमाले ढलपल ढलपल गर्दैन। संविधानसम्मत् संविधान बनाएरै छाड्छौ।

२) माउते जस्तो

एमाले ठूलो पार्टी हो। तर यो हात्ती जस्तो, जसले माउते टाउकोमा बोकेर त्यसले कोर्रा लगाइराख्छ हिर्काइराख्छ हिँडाइराख्छ त्यस्तो होइन, यो माउते जस्तो हो यसले आफ्नो गन्तब्य बुझेर अगाडि बढ्छ।

३) गड्यौला जस्तो

यो गड्यौलाजस्तो यतापट्टी पुच्छर छोयो उता सर्छ, उतापट्टी यसो छोयो, उता सर्छ त्यस्तो होइन। बाहिर जिल्ला र संविधानसभामा ममाथि आक्रमण भएको छ, सप्तरीमा पार्टी कार्यालय जलाउने आतंकपूर्ण काम भएको छ। साङ्घातिक आक्रमण भयो। म सबै आतंक रुचाउनेहरुलाई एकमुष्ट भन्न चाहन्छु एमालेलाई नजिस्क्याऊ, हाम्रा टाउको फोड्दै जाने, हामी हेर्दै जाने हुँदैन, प्रतिवाद गर्न पर्‍यो भने धेरै महङ्गो पर्नेछ। एमाले खुत्रुक खुत्रुक गर्न पार्टी होइन अभियान चलाउन परे राँटो नराख्ने गरी चलाउँछ।

४) बाघ जस्तो

अचम्म के छ भने बाघलाई बिरालोले जिस्काए जस्तो भइराखेको छ। जिस्काउने काम भइराखेको छ। हामीलाइ जिस्क्याउने काम भइरहेको छर हामी किन संयमित छौँ हाम्रो ध्यान संविधान निर्माण गर्ने कुरामा छ। तर त्यसको अर्थ एमाले कार्यकर्ताको टाउको फुटाउँदै जाउन् हामी सहन्छौ भन्ने होइन।

५) हनुमानदेव

गाउँघरमा धामीहरुले एउटा हनुमानदेव जगाउँछन्। हनुमानदेव आयो भनेपछि मान्छे बुरुक्क बुरुक्क उफ्रेर खाँबोतिर चढ्ने, बला तिर चढ्न खोज्छ तमासा गर्न खोज्छ तर यस देशमा कसैलाई हनुमानदेव आउन दिइने छैन। एकथरीलाई हनुमान देव आएको आएकै छ अर्कोथरी हेरेको हेर्‍यै गर्नुपर्ने, यो हुन सक्दैन।  
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell