PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

समीक्षक दीपेन्द्र लामा अब निर्देशक बन्दै, 'घामपानी' बाट गर्दैछन् डेब्यु



समीक्षक दीपेन्द्र लामा अब निर्देशक बन्दै, 'घामपानी' बाट गर्दैछन् डेब्यु

काठमाडौँ : कला पत्रकारितामा  दीपेन्द्र लामा परिचित नाम हो। उनी आफ्ना सटिक फिल्म समीक्षाका लागि चर्चित छन्। अरुको फिल्मको समीक्षामा कलम चलाउने लामा अब आफै निर्देशनमा उत्रेर फिल्म बनाउँदैछन्। 

त्यसो त उनले 'नागबेली' फिल्मको कथा लेखन गरी फिल्म क्षेत्रमा पाइला चालिसकेका छन्। निर्देशकका रुपमा भने उनले 'घामपानी'बाट डेब्यु गर्न लागेका हुन्। 

नेपाली समाजमा अझै पनि जातीय विभेदका कारण विभिन्न सामाजिक, पारिवारिक, मनोवैज्ञानिक द्वन्द र घटनाहरु घटेका खबर आउँछन्। त्यस्तै जातीय विभेदका कारण पैदा हुने पारिवारिक साथै सामाजिक सम्बन्धमा पर्ने असरको कथा 'घामपानी' हो। फिल्मको कथा पनि लामाले नै लेखेका हुन्।

एउटा गाउँका दुई फरक जातका युवा युवती एकअर्कालाई प्रेम गर्छन्। उनीहरुको प्रेमका कारण दुवैको परिवारिक सम्बन्धमा विभिन्न उतारचढाव आउँछ। जसका कारण ती फरक जातका युवायुवतीले आफ्नो प्रेम सफल बनाउन निकै संघर्ष गर्नुपर्छ। 

सिनेमा आर्टसको निर्माण साथै हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा सामाजीक विषयवस्तु उठाइएको छ। 

चलचित्रमा कलाकारहरु दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, बुद्दी तामाङ, अरुणा कार्की लगायत कलाकारको मुख्य भूमिका रहनेछ।

फिल्मकी नायिका केकी अधिकारीले नयाँ टिमसँग काम गर्न पाउनुको उत्साह व्यक्त गर्दै भनिन्,'दयाहाङ दाइसँग पहिले पनि सँगै काम गरे पनि पहिलो पटक स्क्रिनमा जोडी बाँध्दैछु। रमाइलो लागेको छ।'

शैलेन्द्रध्वज कार्कीको छायाङ्कन रहने फिल्मलाई उनी स्वयंले निर्माण पनि गर्दैछन्। उनीसँगै ओम गुरुङ, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार, विश्व गौचनले निर्माण गर्दैछन्। 

फिल्मका निर्देशकले फिल्म बनाउन सुरु गर्नुको अनुभव साट्दै भने,'परिपक्वता नपुगेर ढिला आँटे। १० वर्ष फिल्म बनाउने बारे सोचेर बल्ल बनाउँदैछु।'

उनले पत्रकारितामा जस्तै फिल्म मार्फत पनि कथालाई उत्कृष्ट ढङ्गमा प्रस्तुत गर्ने कोसिस गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell