PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्रिकेट कप्तान पारस ४४ लाखको कार चढ्छन्, भन्छन्- 'श्रीमतीकै कारण तत्काल फेर्दिन'



उमेश पौडेल

क्रिकेट कप्तान पारस ४४ लाखको कार चढ्छन्, भन्छन्- 'श्रीमतीकै कारण तत्काल फेर्दिन'

काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का कुन कार चढ्छन् होला? तपाईंले ख्याल गर्नुभएको छ?
 
उनले ६ महिनाअघि मात्र नयाँ कार फेरेका छन्।
 
यिनै पारस आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा 'अटो शो- २०१६' मा एकाएक झुल्किए।


उनी त्यहाँ नयाँ कारको लन्चिङका लागि आएका थिए। निकै फिट र आकर्षक लुक्समा थिए उनी।
 
प्रदर्शनीको एउटा स्टलमा बिहान १० बजेदेखि नै पारस आउने भनेर प्रचार गरिएको थियो। नेपाली क्रिकेटका हिरोलाई भेट्ने र सेल्फीसहित फोटो खिच्न पाउनेगरी प्रचार गरिएका कारण पनि उनलाई भेट्न आउनेहरु बिहानैदेखि पर्खिरहेका थिए।
 

उनलाई पर्खिनेमा धेरै युवतीहरु थिए थिए। क्रिकेटप्रेमी त हुने नै भए। आफूहरु गाडीको लन्चिङभन्दा पनि पारससँग सेल्फी र फोटो खिच्नका लागि तातो घाममा कुरेर बसिरहेको उनीहरु बताइरहेका थिए।
 
करिब तीन घण्टाको कुराइपछि उनी प्रदर्शनीस्थलमा आइपुगे। त्यसपछि उनीसँग फोटो खिच्नेको ओइरो नै लाग्यो।
 
केही समयअघि उनी निशानको गाडी चढ्थे। एउटा मोटर कम्पनीले उनलाई ब्राण्ड एम्बासडर बनाइदिएपछि उनले कार पनि फेरे। उनी इटालियन मोटर ब्राण्ड फियाटको एडभेन्टुरा कार चढ्छन्।
 
परिवारसहित यो कारमा हिँडेको र टाढाटाढा श्रीमतीसँग घुम्न गएको अनुभव उनले सुनाए। 'यो कारको ब्राण्ड एम्बासडर भएदेखि नै मैले यही कार किनेको हुँ,' उनले कारको विशेषताबारे पनि खुलाइहाले, 'यसको सबैभन्दा फाइदाको कुरा नै साँघुरो बाटोमा सजिलैसँग हिँडाउन सकिन्छ।'
आफू अलि भएकाले पनि यो कार सहज भएको उनी बताउँछन्। 'भित्र बस्दा र निस्कँदा केही पनि असजिलो हुँदैन। त्यही भएर पनि यो मेरो प्रिफरमा परेको हो,' ६ फिट २ इन्च अग्ला पारसले भने।


 

पारसको कार

उनी चढ्ने गाडी कन्टेमपोररी अर्वन भेकल (सियुभी) सेगमेन्टको हो। जुन सहरी र अफरोड दुवै क्षेत्रका लागि उपयोगी मानिन्छ।
 
२०५ मिलिमिटरको उच्च ग्राउण्ड क्लियरेन्स, २०५ मिलिमिटरको फ्ल्याट टायर्स, स्किड प्लेट, अन्डरबडी प्लेट, इनक्लिनोमिटर कम्पास जस्ता अन्य थुप्रै यसका एडभेन्चरस विशेषता छन्।
 
पारस ४४ लाख रुपैयाँको गाडी चढ्छन्। गत वर्षदेखि उनी ब्राण्ड एम्बासडर भएपछि आज फियाटको अर्को मोडेलका गाडी 'पुन्टो प्योर' सार्वजनिक गरे।
 
उनी ४५ लिटर फ्युल ट्याङ्क भएको रेडिकल ट्युवलेस टायर जडित कारमा चढ्छन्। उनी चढ्ने कारमा १२ सय ४० किलोसम्म तौल बोक्न मिल्छ।
 
'मेरी श्रीमतीले पनि धेरै मन पराएकी छन् यो कार,' उनी ढुक्क छन्, 'चाँडै कार चेन्ज गर्ने सोच छैन। किनकि यसको विकल्प नै आएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell