PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​प्रतिवाद गर्नुपरे धेरै महँगो होला : केपी ओली



​प्रतिवाद गर्नुपरे धेरै महँगो होला : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका लागि पार्टीले संयमता अपनाएको बताएका छन्। उनले एमाले अहिले प्रतिवाद गर्ने पक्षमा नरहेको बताउँदै भने, 'हामी भरसक त्यता जाँदैनौं। म भन्न चाहन्छु प्रतिवाद गर्नुपरे धेरै महँगो पर्न जानेछ।'

उनले कुनै पनि हालतमा संविधान बनाएरै छाड्ने दावीसमेत गरे। संसदीय दलको बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिलाई बाघलाई बिरालोले जिस्काए जस्तो भइरको सुनाए।

'हामी भन्न चाहन्छौं गड्यौलाको टुप्पो छोएजस्तो यताउता सर्ने पार्टी एमाले होइन,' उनले भने।

राजविराजमा एमाले पार्टी कार्यालय तोडफोड भएको विषयमा उनले भने, 'संविधान निर्माणका लागि संयमता अपनाउँदैछौं। तर, टाउको फुटाउँदा सहिराख्छौं भन्न सकिन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell