PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा भ्रामक विज्ञापनमा खेल्ने सेलिब्रिटीलाई पाँच वर्ष जेल हुनसक्ने



भारतमा भ्रामक विज्ञापनमा खेल्ने सेलिब्रिटीलाई पाँच वर्ष जेल हुनसक्ने

भ्रामक विज्ञापनमा खेल्ने सेलिब्रिटीहरुलाई जवाफदेही बनाउन भारतमा एउटा नयाँ मस्यौदा विधेयकमा विचार गरिँदैछ। सो विधेयकमा भ्रामक विज्ञापन गर्ने सेलिब्रिटीलाई ५० लाख रुपैयाँ जरिवाना र पाँच वर्षको जेल सजाय तोकिएको छ। 

आइबिएन खबरले जनाए अनुसार अर्थमन्त्री अरुण जेटलीको अध्यक्षतामा रहेको मन्त्री समूहको बैठकमा यो विधेयकको मस्यौदाले स्वीकृत गर्नुअघि उपभोक्ता मन्त्रालय विभागले दिएका प्रस्तावहरुमा विचार गरिनेछ। 

सूत्रलाई उद्‍धृत गर्दै आइबिएनले जनाए अनुसार मन्त्रालयले भ्रामक विज्ञापनलाई तह लगाउन कडा प्रावधान र यस्तो विज्ञापनमा खेल्ने सेलिब्रिटीहरुलाई जवाफदेही बनाउने प्रस्ताव गरेको हो। पहिलो पटक अपराध गर्नेलाई १० लाख रुपैयाँ जरिवाना र दुई सालको कैदको प्रस्ताव छ। यदि त्यही सेलिब्रिटीले फेरि गल्ती गर्‍यो भने ५० लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म सजाय हुनसक्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell