PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​संविधान कार्यान्वयन नभए एनआरएनको अधिकार गुम्छ : नेम्वाङ



​संविधान कार्यान्वयन नभए एनआरएनको अधिकार गुम्छ : नेम्वाङ

न्युजर्सी : संविधान कार्यान्वयन नभए एनआरएनहरुले पाएको दोहोरो नागरिकतासम्बन्धी अधिकार खोसिने चेतावनी संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले दिएका छन्। 

विदेशमा रहेका नेपालीहरुको छाता संस्था गैर आवसीय नेपाली संघ (एनआरएनए)को नवौँ क्षेत्रीय सम्मेलनको अमेरिकाको न्युजर्सीमा शनिबार शुरु भएको दुई दिने सम्मेलनको उद्घाटन गर्दै उनले भने, ' तपाईँहरुले नेपालप्रति देखाउनु भएको मायाको कदर गर्दै संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको छ, तर यो संविधान कार्यन्वयन भएन भने यो खोसिने छ। त्यसैले अब एनआरएनहरुले संविधान कार्यन्वयनका लागि दवाव दिनु पर्दछ।'  

यस्तै एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले अब काम गरेर देखाउने समय आएको बताए। उनले एनआरएन अब वयस्क भइसकेको भन्दै व्यवहारमा नै देखाउन ढिला भइरहेको दावी गरे।  “नेपाली जनता अब सोझा छैनन्। उनीहरुले हामीले के के बोलेका थियौ भनेर हिसाव गरिरहेका छन्। हामीले के-के बोल्यौँ, अब त्यो पूरा गर्नतर्फ लाग्नु पर्छ।  अब हामीलाई कुरा गर्ने मात्र छुट छैन।”

​संमेलनको मुख्य आर्कषण भिजन २०२० बारे दोस्रो सत्रमा छलफल हुने छ। यसले एनआरएनको भावी कार्यक्रमका बारेमा योजना बनाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell