PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेसबुक केही मिनेटका लागि डाउन



फेसबुक केही मिनेटका लागि डाउन

काठमाडौँ : शनिबार विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले केही मिनेट फेसबुक चलाउन पाएनन्। केही मिनेट डाउन हुँदा अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक डाउनको चर्चा चलेको थियो। 

डाउन हुँदा फेसबुकमा 'सरी समथिङ वेन्ट रङ, वि आर वर्किङ अन इट एन्ड वि विल गेट इट फिक्स्ड एज सुन एज वि क्यान' लेखिएको सन्देश देखिएको थियो। 

फेसबुक १० देखि १५ मिनेटसम्म डाउन भएको अनुमान गरिएको छ। किन डाउन भयो भन्नेबारे फेसबुकले आधिकारिक रुपमा यो समाचार तयार पार्दासम्म केही बताइसकेको छैन। 

सन् २०१० को सेप्टेम्बरमा फेसबुक सबैभन्दा बढी समय साढे दुई घण्टाका लागि डाउन भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell