PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फोटो पत्रकार र क्यामेराको बीमा गरिने, पिजे क्लब र शिखर इन्सुरेन्सबीच सम्झौता



फोटो पत्रकार र क्यामेराको बीमा गरिने, पिजे क्लब र शिखर इन्सुरेन्सबीच सम्झौता

काठमाडौँ : शिखर इन्सुरेन्स र फोटोपत्रकार क्लबले फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गर्न सम्झौता गरेका छन्। राजधानीमा आयोजित कार्यक्रममा शिखर इन्सुरेन्सका कार्यकारी निर्देशक दीपकुमार पाण्डे र फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल विधा प्रायोजन गरेको शिखर इन्सुरेन्सले फोटो पत्रकारहरुको क्यामेरामा ३ लाखसम्म, स्वास्थ्यमा १ लाख र दुर्घटनामा ५ लाखसम्मको बीमा गर्ने सम्झौता गरेको हो। 

कार्यक्रममा शिखर इन्सुरेन्सका कार्यकारी निर्देशक पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए। फोटोपत्रकारहरुको क्यामरा चोरी भएको अवस्थामा बीमा दावी गर्न नसकिने र अन्य अवस्थामा गरिने बीमा दाबी क्लबको सिफारिसमा दिइने बताए। 
 
फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले शिखर इन्सुरेन्ससँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए। विभिन्न आन्दोलका क्रममा फोटो पत्रकारका क्यामेरा, लेन्सको क्षति हुने गरेको  तर कहीँकतैबाट पनि क्षतिपूर्ति नआउने अवस्थाबाट अब राहत पाइने विचार उनले राखे। 

फोटोपत्रकार क्लबसँगको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै शिखर इन्सुरेन्सका सिइओ पाण्डेले कुन बीमा कति प्रिमियम थप गर्न सकिन्छ आपसी सहमतीबाट तय गर्न सकिने जानकारी दिए। 

फोटोपत्रकार क्लबसँगको बीमा सम्झौता अनुसार बीमाशुल्कमा चालिस प्रतिशत छुट गरेको छ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell