PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तपाईंको ब्रोडब्याण्ड इन्टरनेट स्लो भयो? पासवर्ड चोरी भएको हुन सक्छ, यसो गर्नुस्



पहिलोपोस्ट

तपाईंको ब्रोडब्याण्ड इन्टरनेट स्लो भयो? पासवर्ड चोरी भएको हुन सक्छ, यसो गर्नुस्

काठमाण्डौं : तपाईंको घरमा ब्रोडब्याण्डको 'लिमिटेड डेटा'को समयावधि चाँडै सकिइरहेको छ? अथवा युट्युबमा भिडियो खुल्दा बफरिङमा धेरै समय लागिरहेको छ।

त्यसो हो भने तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ। छिमेकीले तपाईंको वाइफाई चलाइरहेको छ।

यस्ता कुरा तपाईंका लागि हानिकारक पनि हुन सक्छन्, जसका कारण तपाईं कानुनी समस्यामा समेत पर्न सक्नुन्छ। उनीहरुले तपाईंको इन्टरनेट प्रयोग गरेर कानुनविपरीतका कामह गरिरहेका हुन सक्छन्।
 
ब्रोडब्याण्ड इन्टरनेटको स्पिड धेरै हुने गर्छ। यसका लागि तपाईंको छिमेकीले वाइफाईको पासवर्ड पाउनका लागि हर कोसिस गरिहरको हुन्छ। आफ्नो वाइफाई अरु कसैले चलाएको भनेर शंका लाग्यो भने पत्ता लगाउनु जरुरी छ।
 

कसरी पत्ता लगाउने?


इन्टरनेट ब्राउजरको एड्रेस बारमा गएर १९२.१६८.१.१ टाइप गर्नुहोस्। त्यसपछि राउटरको युजरनेम र पासवर्ड राखेर एडमिन पेजमा जानुहोस्। त्यसमा डिएचसिपी क्लाइन्ट लिस्ट लेखेको देखाउँछ।
 
त्यहाँ कुनकुन डिभाइस तपाईंको वाइफाईसँग कनेक्ट भएको छ, त्यो देखाउँछ। प्रत्येक डिभाइसको अलगअलग युनिक नामहरु (आएएमइआई र म्याक एड्रेस) रहेका हुन्छन्, जसका कारण डिभाइस पत्ता लगाउन सजिलो हुन्छ।
 
त्यसका लागि आफ्नो राउटर लगइन गरेर राउटर र वाइफाईको पासवर्ड परिवर्तन गर्नुहोस्। यो पासवर्ड सबैले पत्ता लगाएका हुन्छन्, त्यसैले यो काम पहिले गर्नुपर्छ। पासवर्ड परिवर्तन गरेपछि सबै डिभाइसमा नयाँ पासवर्ड राख्नुपर्छ।
 
राउटरको नाम परिवर्तन गरियो भने राउटरको नाम पत्ता लगाउन अरुलाई केही मुस्किल पर्दछ। वायसलेस सेटिङ मेनुमा सर्भिस सेट आइडेन्टिफायर (एसएसआइडी) हुन्छ यसबाट परिवर्तन गर्न सकिन्छ।
 
राउटरको सेक्युरिटी सेटिङमा 'डब्लुपिए२' को छान्नुपर्दछ किनकि सेक्युरिटीमा यसको पासवर्ड इन्क्रिप्सन सबैभन्दा राम्रो र उत्कृष्ट हुन्छ। सन् २००६ भन्दा पछि बनेका सबै राउटरमा यो सुविधा रहेको हुन्छ। (बिबिसी हिन्दीबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell