PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

३१ फोटोमा हेर्नुस् खोकना जात्रा, आलोचना बढेपछि आयोजक भन्छन्- 'टोकीटोकी पाठी मारेको हैन'

३१ फोटोमा हेर्नुस् खोकना जात्रा, आलोचना बढेपछि आयोजक भन्छन्- 'टोकीटोकी पाठी मारेको हैन'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : ललितपुरको खोकनामा आज देवपोखरी जात्रा सम्पन्न भएको छ। पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मार्ने भन्दै स्वदेशी र विदेशी मिडियामा जात्राको आलोचना भएपछि आज जात्रा पर्व सञ्चालन समितिले पत्रकार सम्मेलन गरी जात्राका बारेमा स्पष्ट पारेको छ। 

'यो जात्राबारे अतिरन्जित तरिकाले लेखिन्छ', समितिका तर्फबाट बोल्दै श्यामकृष्ण डंगोलले भने, 'पाठीलाई टोकी टोकी मार्ने भनेर लेखिन्छ। त्यसो हैन।'

उनले पहिला बलि चढाइसकेपछि कुमारी पाठी खसालिने र यो अहिले थियटरमा गरिने र सिकाइने नाटक जस्तो रहेको दावी गरे। 

'पौडीबाजमध्ये जो पहिले पोखरीमा हाम्फाल्छ उसले कुमारी पाठी लगेर खसाल्ने हो, कुमारी पाठी भोग हुन्छ। त्यसपछि खेलिने खेल हो यो पौडीबाजहरुले तल र माथि गरेर खेलिने खेल हो', उनको स्पष्टोक्ति थियो। 

जात्रा पर्व सञ्चालन समितिका अध्यक्ष बेखाराम महर्जनले परापूर्व कालमा पोखरीमा अप्रिय घटना घटेको र त्यस्तो घटना आइन्दा नहोस् भन्न पौडी खेलेर जनचेतना दिने र त्यसो नहोस् भन्न कुमारी पाठी भोग दिने परम्परा बसेको जानकारी दिए।

हेर्नुस् इलिट जोशीले खिचेका जात्राका ३१ फोटो 

 


ट्रेन्डिङ पोस्ट

Ncell