PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वसन्तपुरमा गाईजात्राको १८ दृश्य

वसन्तपुरमा गाईजात्राको १८ दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइँदैछ।
 
भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ। गाईजात्रा मूलत: नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी टोलटोलमा घुम्ने गर्छन्। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ।
 
इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गरेका हुन्। उनले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ।
 
गाईजात्रामै विभिन्न प्रहसन तथा हास्यव्यंग्यात्मक कार्यक्रम गरेर मन बहालाउने पनि गरिएको छ। आज बिहान काठमाडौंको वसन्तपुरमा पनि गाईजात्रा निकालिएको छ। सो स्थानमा बिहानै नेपाली सेना, प्रहरी र स्काउट टोलीले सरसफाइ समेत गरेको थियो।

हेर्नुस्, वसन्तपुरमा निकालिएको गाईजात्रा-


ट्रेन्डिङ पोस्ट

Ncell