PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

​प्रहरी संगठित अपराध गर्ने जमातः सभासद पाण्डे



​प्रहरी संगठित अपराध गर्ने जमातः सभासद पाण्डे
सभासद् राजेन्द्र पान्डे संसदमा बोल्दै। टेलिभिजन तस्बिर : न्युज २४

काठमाडौँ : नेकपा एमालेका सभासद् राजेन्द्र पाण्डेले नेपाल प्रहरीलाई संगठित अपराध गर्ने जमात बनेको आरोप लगाएका छन्। बिहीबार व्यवस्थापिका संसद बैठकमा सभासद पाण्डेले दिनेश अधिकारी ‘चरी’ को हत्या गैरन्यायिक भएको बताए।

‘प्रहरी संगठित अपराध गर्ने जमात बन्यो’, धादिङ क्षेत्र नम्बर ३ का सभासद पाण्डेले भने, ‘विगतमा जेलमा साङ्लाले बाँधिएका मान्छेलाई भाग्न खोज्यो भनेर गोली हानेजस्तै दिनेशको हत्या भयो।‘

प्रहरीले दिएको विवरणलाई आधारहीन, झुटो र दुखद भन्दै पाण्डेले कारबाही गर्ने कानुन हुँदाहुँदै प्रहरीले सिधै गोली हान्न नमिल्ने बताए।अधिकारीलाई रिङरोडमा पक्रेर भिमढुंगा पुर्‍याएर गोली हानिएको उनले आरोप लगाए।

सभासद् पाण्डेले प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीलाई तत्काल निलम्बन गर्न गृहमन्त्री समक्ष माग गरे।

'प्रहरीले यसरी मनलाग्दो ढंगले मान्छे मार्न सक्छ?' गृहमन्त्रीलाई इंगित गर्दै पाण्डले प्रश्न गरे, 'गृहमन्त्रीले जवाफ दिनुपर्छ। होइन भने संसद रोकिने दिन पनि आउन सक्छ।'

पाण्डेले दिनेश अधिकारी हत्याका सम्बन्धमा छानबिन समिति गठन गर्न समेत माग गरे। 

उनले संसद्‍मा गरेको भाषणको अंश-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell