PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कुहिनोमा बास्केटबल घुमाएर आफ्नै रेकर्ड तोड्ने थानेश्वर गुरागाईंको गिनिजमा बनाए १३औं रेकर्ड



कुहिनोमा बास्केटबल घुमाएर आफ्नै रेकर्ड तोड्ने थानेश्वर गुरागाईंको गिनिजमा बनाए १३औं रेकर्ड

काठमाडौं : गिनिज बुक अफ वर्ल्ड रेकर्डमा थानेश्वर गुरागाईंले १३औं रेकर्ड बनाएका छन्।

कुहिनोमा धेरै समय बास्केटबल घुमाएर उनले आफ्नै पुरानो रेकर्ड तोडेका हुन्। हङकङमा आयोजित कार्यक्रममा उनले कुहिनोमा ६.६२ सेकेन्ड बास्केटबल घुमाएर यसअघिको ६.१४ सेकेन्डको रेकर्ड तोडे। उनका नाममा विभिन्न विधामा १२ रेकर्ड दर्ज छन्।
 
गिनिजमा नेपालबाट उनकै नाममा सबैभन्दा धेरै रेकर्ड छ। नेपालको पर्यटन प्रवर्द्धनको उद्देश्यले हङकङमा आयोजित हाइकिङको अवसरमा गुरागाईंले १३औं रेकर्ड बनाएका थिए। 'हामी उठ्ने छौं' अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell