PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो



पहिलोपोस्ट

धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं : धनकुटामा बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ।

संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस धनकुटाको परेवादिन–५ सिधुवा बजार नजिक ब्रेक फेल भई दुर्घटनामा परेको थियो।
 
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका धरान-१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको संख्या थपिएको हो। उपचारको क्रममा धनकुटा बुढीमोरङका सनम तामाङ, मारेकटहरेका वीरबहादुर काफ्ले, लेगुवाका तेजबहादुर थापा, संखुवासभा मादीका टंक कटुवाल, संखुवासभा आखीभुइँका खगेन्द्र कार्की, तेह्रथुम फुलेककी होमा पौडेलको उपचार क्रममा मृत्यु भएको थियो।
 
यस्तै घटनास्थलमै मृत्यु हुनेहरुमा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवा, परेवादिन-४ की तारादेवी बस्नेत, रेश्मा बस्नेत, अतिमाया तामाङ, खिनमाया भट्टराई, धरान-२ का वेदप्रकाश अग्रवाल रहेका छन्। अरुको नाम खुलेको छैन।

अन्य घाइतेहरुको धरानमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले बताए।

मध्याह्न साढे १२ बजे भएको सो दुर्घटनामा गाडी सडकबाट अनियन्त्रित भई पल्टिएको थियो। फोटो : सुन्दरमान डंगोल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell