PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

के भनेका थिए अमरेशकुमारले संसदमा जसको संसदभित्रै विरोध भयो, हेर्नुस् भिडियो



के भनेका थिए अमरेशकुमारले संसदमा जसको संसदभित्रै विरोध भयो, हेर्नुस् भिडियो

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहविरुद्ध एमालेको भ्रातृ संगठन युवा संघ नेपालले शनिबार र आइतबार पनि  प्रदर्शन गरेका छन्। सिंहलाई तत्काल हिरासतमा लिएर कारबाही गर्न  संघले माग समेत गरेको छ। 

के भनेका थिए अमरेशकुमारले शनिबार संसदमा ?

अविश्वास प्रस्तावको छलफलमा सहभागी हुँदै उनले भनेका थिए-
 

घरघरमा ग्यासको पाइपदेखि लिएर पानीजहाज चलाउनेदेखि लिएर काठमाडौँ मेट्रो चलाउनेदेखि लिएर- काठमाडौँको सामान्य एउटा पिच कालोपत्र गर्न नसक्ने, बाटो कालोपत्र गर्न नसक्ने सरकार, मेट्रो चलाउँछु, पानी जहाज ल्याउँछु, यस्ता दुस्वप्न देखाउन थाल्यो नेपाली जनतालाई। उहाँलाई पक्कै थाहा छ, हामी सबै माननीय सांसदहरुलाई थाहा छ  उहाँ एस्टेरोयड खाइराख्नुभएको छ। औषधिको प्रभावको कारणले उहाँको मानसिक अवस्था ठीक छैन। त्यसकारण त्यस्तो अवस्थामा पार्लियामेन्ट त्यसको शिकार हुनसक्दैन। संसदीय व्यवस्थामा संसदको बहुमतले प्रधानमन्त्री चुन्ने गर्छ, हटाउने गर्छ। 

उनले यसो भनेको दुई मिनेटपछि एमाले सांसद कृष्णभक्त पोखरेलले संसदमा बोल्दा मर्यादित हिसाबले शब्दावलीको प्रयोग गर्नुपर्ने भन्दै नियमापत्ति गरे। उनले रेकर्डबाट यो शब्दावली हटाउन माग गरे। 

अमरेशले यो कुरा मैले मात्र बोलेको हैन, विभिन्न डाक्टरहरुको रिपोर्ट छ कि एस्टेरोयडको इफेक्ट पर्छ भन्दै आफ्नो भनाईको बचाउ गर्न खोजे। त्यसपछि एकछिन संसदमा होहल्ला भयो। 

सभामुखले सांसदहरुलाई बस्न आग्रह गर्छिन्। कुन डाक्टरले यस्तो कुरा भन्यो, कहाँ प्रमाणपत्र छ, माननीयले सो गर्नुपर्‍यो भन्दै पूर्व खेलकुदमन्त्री समेत रहेका एमाले सांसद पुरुषोत्तम पौडेलले पनि आपत्ति जनाए। 

सभामुखले एकैछिन संसदका महासचिवसँग छलफल गर्छिन् र सांसदहरुलाई बस्न अनुरोध गर्छिन्। सांसदहरुले होहल्ला गर्दैगर्दा अमरेशले हल्ला गरेर संसदमा बहुमत साबित गर्न सकिँदैन भन्छन् तर सभामुखले उनलाई माननीय सदस्य तपाईँलाई एकछिन मैले रोकेँ भन्दै चुप बस्न निर्देशन दिन्छिन्।

त्यसपछि सभामुखले मानसिक अवस्थाबारेको अभिव्यक्ति रेकर्डबाट हटाउन आदेश दिन्छिन्। 

हेर्नुस् भिडियो-


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell